सुदूर नेपाललाई विश्वसँग जोड्दै

शान्ति समाजद्वारा लिपुलेकमा भारतीय अतिक्रमणको निन्दा

२०७७ वैशाख २८, ०९:०७ खबर संवाददाता

लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भूभाग अतिक्रमण गरी भारतले बाटो निर्माण गरेको घटनाको मानव अधिकार तथा शान्ति समाजले निन्दा गरेको छ। नेपाली भूमिमा बाटो निर्माण तत्काल रोक्न र कालापानीबाट यथाशीघ्र भारतीय सेना फिर्ता गर्न शान्ति समाजले पुनः भारत सरकारलाई आग्रह गरेको छ।

यसैगरी नेपाली भूभागमाथिको भारतीय अतिक्रमणलाई रोक्ने पहल गरी नेपाली भूमि कालापानीमा तैनाथ भारतीय सेनालाई फिर्ता पठाउन शान्तिपुर्ण तवरमा कूटनीतिक÷राजनीतिक पहल तीव्र बनाउन पनि समाजले सरकारसँग माग गरेको छ।

भारतले केही महिनाअघि प्रकाशन गरेको भारतको राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको सार्वभौमसत्तामाथि प्रहार हुनाका साथै नेपाली स्वाभिमानमा आहत पुगेको समाजका महासचिव सुशील बस्नेतले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। रासस
 

कमेन्ट लोड गर्नुस