सुदूर नेपाललाई विश्वसँग जोड्दै

गहुँ बिक्री गर्दै किसान

२०७७ वैशाख २३, ११:००

बर्दियाको राजापुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गहुँ खरीद शुरु गरेको छ। स्थानीय प्राथमिक खरीद समितिको निर्णयानुसार सामाजिक दूरी कायम गरेर गहुँ खरीदका लागि काँटा लगाइएको छ। 

 स्थानीय खरीद समितिको बैठक बसेर खरीद शुरु गरिएको काराखानाका प्रमुख रेवन्त रावलले बताए। यस वर्ष  राजापुरमा १० हजार क्विन्टल गहुँ खरीद गरिने प्रवक्ता शर्मिला न्यौपानेले बताए। बन्दाबन्दीका समयमा सामाजिक दूरी कायम गरेर सावधानीपूर्वक खरीद थालिएको कम्पनीले जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस