नेपाली राजनीतिमा "भस्मासुर" – ब्यक्ति या प्रवृत्ति ?
धनगढी : कोरोना माहामारीले थलिएको देश अनि मृत्यु-सन्त्रासले थिचिएका जनतालाई बेवास्ता गर्दै राष्ट्रपती, प्रधानमन्त्री र मन्त्रीहरुका पछिल्ला असम्बेदनशिल गतिविधिका कारण नेपालको राजनीति र सत्तासिन पार्टी भित्र ठुलै हलचल अनि चलखेल सुरु भएको छ। यसै सन्दर्भमा समाजबादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आलन्कारीक रुपले प्रयोग गरेको एउटा शब्द "भस्मासुर" खुबै चर्चामा रहेको छ। बर्तमान प्रधानमन्त्रीप्रति लक्षित कडा टिप्पणी स्वरुप प्रयोग गरिएको यो शब्दले नेपाली राजनीति आज सम्म तरंगीत छ।
राष्ट्रका सर्बोच्च पदमा आशिन ब्यक्तिलाई "भस्मासुर" जस्ता अपाच्य शब्द प्रयोग गरिनु हुदैन भन्ने भिड एकातिर छ भने अर्को तर्फ बाबुरामको यो टिप्पणीले नेपाली राजनीतिमा वास्तविक भस्मासुर ब्यक्ति हो या प्रवृत्तिरु आम मानिसमा कौतुहलता जागृत भएको छ। यसै सन्दर्भमा मैले हिन्दु पौराणिक पात्र भस्मासुरको प्रसङ्गलाई नेपाली राजनीति र यसका पात्रहरु सङ्ग कति सामन्जस्य छ भन्ने पक्षलाई कोट्याउन प्रयत्न गरेको छु।
अमरत्वको अभिलाषी बृकासुर "भस्मासुर" नामक असुरको कठोर तपस्याले महादेब दर्शन दिन बाध्य हुन्छन। महादेबले प्रकृती बिरुद्द्मा गयर अमरत्वको बरदान दिन नमिल्ने भने पछी, जस-कसैको टाउकोमा बृकासुरले हाथ राख्छ त्यो ब्यक्ति भस्म भएर जाने बरदान पाउँछ। बरदान प्राप्ती पश्चात भस्मासुर बनेको बृकासुरले महादेबकै टाउकोमा हाथ राखी भस्म गर्ने प्रयत्न गरे पछी ज्यान जोगाउन महादेब भगवान बिष्णुको शरणमा जान्छन। बिष्णुले मोहीनी नाम गरेकी अत्यन्तै कामुक अपसरालाई भस्मासुरबाट छुटकारा दिलाउने अभिभारा सुम्पन्छिन।
कामुक यौबनले भरीएकी मोहिनीलाई देख्ने बित्तिकै बृकासुरले यौन उन्मादलाई रोक्न नसकी मोहिनीको प्रेममा परेको र बिबाहको ईक्छुक भएको बताउछ। तर मोहिनीले नृत्यमा निपुर्ण भयको पुरुष सङ्ग मात्रै बिबाह गर्ने भनेपछी मोहिनीलाई नै नृत्य सिकाई दिन आग्रह गर्छ। नृत्य सिकाउने क्रममा जब मोहिनीले आफ्नो टाउकोमा हाथ राख्छिन, मोहिनीको रुप र यौबनमा लठ्ठीएको भस्मासुरले पनि आफ्नो टाउकोमा हाथ राख्छ, र महादेबको बरदान अनुसार क्षणभरमै भस्म हुन्छ।
पौराणिक घटनाको यथार्थता छलफल र बहसको बिषय बन्न सक्ला, तर यो कथाले दिने सन्देश देशको राजनीतिमा खोजी गर्न धेरै मगज खियाईरहनु पर्दैन। आफ्ना सबै भक्तहरुलाई निस्पक्ष प्रेम गर्ने महादेब जस्तै नेपालको संविधानले पनि हरेक नागरीक, हरेक राजनीतिज्ञलाई निष्पक्ष रुपमा अधिकार सम्पन्न बनाएको छ। यद्यपि बरदानले भस्मासुर बनेको बृकासुर झै यो देशका सत्तासीन राजनीतिज्ञ, यो देशका राजनेता भनाउँदा पनि संविधानलाई नै कुल्चेर, संविधानको मर्म सङ्ग खेलवाड गर्दै ब्यक्तिगत स्वार्थ लिप्सामा मस्त हुन पुगेका छन।
पद अथवा सत्ताले मानिसलाई अन्धो बनाउँछ सायद। जनताको सेवाका लागी प्रयोग गर्नु पर्ने सत्ता प्राप्तीपछीका अधिकार, हामी ब्यक्तीगत लाभ संरक्षणमा प्रयोग गर्छौ। यही नीर सत्ताले मोहिनीको रुप धारण गर्दै नेताहरुको तेजोबध गर्दछ र जनताका नजरमा तिनको अस्तित्व क्षीण भएर जान्छ।
नेकपाका केही सासद र पूर्व प्रहरी सङ्गठन प्रमुखद्वारा समाजबादी पार्टीका सासद डा।सुरेन्द्र यादब अपहरण गरिएको बिषयमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ईङ्गित गर्न खोजेका "भस्मासुर" को हुनरु उनै जानुन१ बाबुरामको भावार्थको कपिराईट उनै सङ्ग सुरक्षीत हुनुमा मैले आफ्नो भलाई देखेको छु। बोलेकै र सत्य लेखेकै भरमा धेरैको शिरमा भस्मासुरहरुले हाथ राख्ने प्रयत्न गरेको समाचार सुन्नमा आयका छन। राज्य सन्यन्त्र प्रयोग गरेर फरक बिचार समूहलाई राष्ट्रघाती प्रमाणित गर्नु ठूलो बिषय होईन। जीन्दगी प्रतिको जिजिबिषा मरी नसकेकोले मेरो टाउको माथी कुनै भस्मासुरको हाथ नपरोस भनी ख्याल राख्नु स्वयमको हितमा छ पक्कै पनि।
यद्यपि नेपाली राजनितीको भस्मासुर बारे चर्चा गर्नु अत्यन्तै जरुरी छ। आज भ्रष्ट आचरणले ब्याप्त बर्तमान नेपाली राजनितीमा कुनै एक पात्रलाई मात्र भस्मासुर हो भनी ट्याग लाउनु अन्याय हुन जान्छ। नेपालको संविधानका धाराहरुले सिर्जना गरेको पद, शक्ति र सत्ताको आडमा यहाँ हरकोई भस्मासुर बन्न लालायीत छ। र शक्ति र सत्ता प्राप्त पस्चात हर कोई संविधानको गाला निमोठ्न तत्पर छ। बाबुरामले आफ्नो चोर-औला अरु तिर देखाउदै गर्दा बाँकी चार औला आफै तिर फर्किएको सायद महसुस गरेनन, तर आम-जनताले उनी भित्रको भस्मासुरलाई राम्रै सङ्ग बुझेका छन।
राज्यसत्ताको रापमा उम्लियर हरेक सत्तासिन पात्र अरुलाई भस्म गर्न लालायीत छ। सत्ता टिकाई राख्न देशको अस्मिता पनि बेच्न नडराउने आडम्बरीहरुको लस्कर देखेर जनता दिक्क भएका छन। बर्तमान कोरोना महामारीको भयावह अबस्थामा मानबिय सम्बेदनामाथि नै भईरहेको भस्मासुरहरुको खेल घिनलाग्दो र अपाच्य छ। कोई भस्मासुरका चेला छन, कोई बन्धु-बान्धब छन, कोई साक्षात भस्मासुर नै छन।
नेपाली राजनितीमा भस्मासुर एक प्रवृत्ति बनेको छ, जो हिजो पनि ब्याप्त थियो र आज पनि छ। यी प्रवृत्तिले श्रिङ्गारीत भस्मासुरहरुलाई शक्ती र सत्ताको बरदान दिने नेपालको संविधान पनि महादेब झै आफ्नै अस्तित्व जोगाउन हारगुहार गर्दैछ। वास्तविक भस्मासुर छुट्याउने जिम्मेवारी तपाईहरुलाई भयो। गुण र दोष हेर्दा उस्तै-उस्तै लाग्ने यी असुरहरुको भिडमा मेरा लागी भने कुनै एक पात्रलाई मात्र भस्मासुर देख्न कठिन छ।
लेखकबाट थप