सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीको बक्रदृष्टी र उत्ताउलो सुदूरपश्चिम !

२०७७ वैशाख ६, ०७:४०

-सत्य राज जोशी

भारत गएर श्रम गर्ने नेपालीहरु कोरोना महामारीका कारण सुदूरपश्चिमका नाका भएर घर फर्किने क्रम बढ्दै गएपछी प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमजीवी सुदूरपश्चिमेलीहरुलाई उत्ताउलो र अनुशासन हिन देखे। दोश्रो पटक किड्नी ट्रान्सप्लान्ट गरेर सेल्फ क्वारेन्टाइनमा रहनुभएका सम्माननिय प्रधानमन्त्री ज्यूले जनतालाई उत्तेजित पार्ने गरि दिएको यो अभिव्यक्ति आम सुदूरपश्चिमेली बिच ‘गसिप’को बिषय बनेको छ। 

त्यसो त सर्बहाराको नारा लिएर दुई तिहाइ सहित मन्त्रीमण्डलको अध्यक्षता गरिरहनु भएका प्रधानमन्त्री आलोचना मन नपराउने ब्यक्ति हुन।  यद्यपि उनले स्वयम लाई बुझाउन जरुरी छ, उनी केबल भ्रष्टाचार र अनियमिता गर्नुलाई अधिकार सम्झने ईश्वर पोखरेल या गोकुल बास्कोटाका मात्रै प्रधानमन्त्री होइनन, उनी आफ्ना भजन मण्डलीका मात्रै प्रधानमन्त्री होइनन, उनी आम नेपालीका साझा ब्यक्ती हुन।

सुदूरपश्चिम प्रति ‘बायस्ड’ हेराई  राख्ने यो पहिलो सरकार चाहिँ होईन। ईतिहास साक्षी छ सुदूरपश्चिमकाका पिडाहरु अहिले सम्मका सरकार कसैले बुझेन! आर्थिक अभाब, भौगोलिक बिकटताता, सामाजिक कुरितीलाई नचाहेरै भए पनि सुदूरपश्चिमले आफ्ना बिशेषता बनाउन पुगेको तितो यथार्थ छ! पन्चायत होस या प्रजातन्त्र अथवा गणतन्त्र नै किन नहोस, यस क्षेत्रबाट हरेक कालखण्डमा कुनै न कुनै पात्रले सरकारको प्रतीनिधित्व गर्ने अबसर पाए, तर तिनै ब्यक्तिका आत्मकेन्दृत प्रबृति सदैब प्रदेश बिकासको बाधक हुन पुगे! परिणाम अधिकाश सुदूरपश्मिेलीको भारतमा गएर मजदुरी गर्नु नै जिबिकोपार्जनको आधार बन्न पुग्यो र यो क्रम अझै रोकिएको छैन, बढ्दो छ। अर्को पाटोबाट हेर्ने हो भने यस क्षेत्रको अर्थतन्त्रको ठूलो हिस्सा यिनै मजदुर हुन। बिडम्बना सरकार यो सत्य बुझेर पनि अबुझ बनिरहन्छ।

कोरोना महामारिले बिश्व आक्रान्त छ! बिज्ञानको शक्तीको गलत प्रयोग गर्दै प्रकृतीको बिनासमा आफुलाई अभ्यस्त बनाइरहेको मानिस कोरोनाका कारण सिथिल बनेको छ आज१ बिश्वका शक्तिशाली देशहरु समेत आत्मसमर्पण गरिरहेको यस्तो अबस्थामा सन्क्रमितको संख्या दिनानुदिन बढी रहेको  छिमेकी  रास्ट्र भारतबाट हुन सक्ने सन्क्रमणको खतराका बिरुद्द साबधानी अपनाउनु स्वभाबिकै ठानिएला। तर आफ्नै देशको नागरिक सिमामा अलपत्र परिरहेको अबस्थामा सरकारले बेवास्ता गर्नुलाई कुनै पनि दृष्टिकोणबाट न्यायिक मान्न सकिँदैन।

चिन लगायत युरोपमा रहेका नेपाली श्रमिकलाई सम्बोधन गर्न सक्ने सरकार भारतमा रहेका नेपाली श्रमिकको बिषयमा किन मौन हुन पुग्यो ? त्यसको एउटै कारण हो सुदूरपश्चिम प्रतिको सिंहदरवारीय हेराई!
सुदुरपूर्वको एक शासकका नजरबाट सुदूरपश्चिमलाई उत्ताउलो र अनुशासन हिन देख्नु नौलो पक्कै होईन! जुनसुकै वादको लेप किन नहोस, सत्ताको तातो माडमा रापिएका ओठहरुले कहिले पनि सुदूरपश्चिममेलीको गरीबी र बाध्यता सम्बोधन गर्ने हैसियत राख्न सकेनन! आजिबन सरकारी बजेट र सत्ताको चास्नीमा डुबेकाहरुले एउटा गरिबको समस्या आत्मानुभुती गर्न सक्दैन रहेछ। एउटा श्रमजिबीले दुख पर्दा आफ्नो देश, आफ्ना परिवारलाई याद गर्नु पक्कै पनि तीनका नजरमा उत्ताउलोपन हो, अनुशासन हिनता हो!  आफ्ना  ब्यबस्थापकीय  कमजोरीहरु सच्याउनुको साटो जनता माथी दोष थोपर्नु जायज हुन सक्दैन!

यद्यपि दुई तिहाईको सरकारका प्रधानमन्त्रीबाट यस्ता उत्तेजना फैलाउने अभिव्यक्ति आएको यो पहिलो पटक चाहिँ होइन। जनताले सरकारका गलत कामको बिरोध गरे भनेर आफ्ना कार्यकर्ताहरुलाई अरिङ्गाल झै जाइलाग भनी निर्देशन दिने सम्भवतह संसारकै दुर्लभ प्रधानमन्त्री यिनै हुन।

आफ्ना मन्त्रीमण्डलका भ्रष्ट सदस्यहरुको पक्षपोषण गर्ने सर्बहारा प्रधानमन्त्री सम्भवतह एक मात्र हुन।

प्रधानमन्त्रीका उत्ताउला शब्दहरुबाट बुझ्न जरुरी छ उनी मजदुर बर्गको आबाजलाई वास्ता गर्दैनन। अब मजदुर बर्गको मुक्तिलाई मजदुर स्वयमले पहल गर्न जरुरी छ१  आफुलाई कम्युनिष्ट हु भनी गर्व गर्नेहरुले बुझ्नै पर्छ कम्युनिजम अनुशरण गर्नु अलौकिक तपस्या हो। लोकप्रियताको भोक भएका, सत्ताका चिप्कु, शान देखाउने, कुलिन प्रबृति र आडम्बरी भाबुकतामा रमाउने नेता  कम्युनिसष्ट हुन सक्दैन,  कहिलै जनबादी हुन सक्दैनन!

सस्तो लोकप्रियताका भोका, घमण्डी तथा आत्मप्रसंशक ब्यक्ती  सर्बहाराको नेता कदापी हुन सक्दैनन! दृष्टी निष्पक्ष बनाउ सरकार! उत्ताउलो सुदूरपश्चिम होईन, उत्ताउलो सिंह दरवार हुँदैछ्!
चेतना भया !

कमेन्ट लोड गर्नुस