वडा अध्यक्षहरुद्वारा बडिमालिका नगरपालिकामा तालाबन्दी
बाजुराको बडिमालिका नगरपालिकामा वडा अध्यक्षहरुले नै तालाबन्दी गरेका छन्। नेकपा निकट ५ जना वडा अध्यक्षले नगर प्रमुख र उप प्रमुखले मनोमानी रुपमा बजेट बिनियोजन गरेको भन्दै तालाबन्दि गरेका हुन्। वडा नम्बर ७ का अध्यक्ष धर्मराज पाध्यायले बजेट विनियोजनामा नगर पमुख र उप प्रमुखले मनोमानी गरेको आरोप लगाए।
बडिमालिका नगरपालिकामा मेयर, उप मेयर सहित चार जना वडा अध्यक्ष काग्रेसबाट विजयी भएका थिए। ५ जना वडा अध्यक्ष एमालेबाट विजयी भएकोमा उनीहरुले आफ्नो वडामा कम बजेट विनियोजन गरेको भन्दै नगरपालिकामा तालाबन्दी गरेका हुन्। एमाले बिजयी भएको वडामा ५५ लाख सम्म र काग्रेस बिजयी भएको वडामा १ करोड २० लाख देखि १ करोड ५५ लाख रुपैया बिनियोजन गरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन्। भुगोल र जनसङख्या हेरेर बजेट बिनियोजन हुनु पर्ने प्रश्ताब राखेपनि नगर प्रमुखले बेवास्ता गरेपछि तालाबन्दि गरेको उनीहरुले बताएका छन्। नगर उप–प्रमुख कविता बिष्टले वडा अध्यक्षको मागका विषयमा छलफल भईरहेको बताईन्।