सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा फेरि लकडाउन उल्लंघन, ६० जनाको सहभागीतामा वनको बैठक

२०७७ वैशाख १३, ०५:५५ खबर संवाददाता

प्रताप ओली, बझाङ:  बझाङमा फेरि लकडाउन उल्लघंन भएको घटना सार्वजनिक भएको छ। यसअघि पनि सरकारको आदेश वेवास्ता गर्दै जिल्लाको छबिस पाथिभेरा गाँउपालिका वडा नम्बर ३ को बान्नीचौरमा हजारौं मानिसको सहभागीतामा चैतली मेला सम्पन्न भएको थियो। 

कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको आदेश उल्लंघन गरेको भन्दै त्यसबखत ४ वडा अध्यक्षसहित ९ जनालाई पक्राउ गरिएको थियो। उक्त घटना सेलाउन नपाउँदै फेरी छबिसपाथिभेरामा सामुदायिक वनको बैठक सम्पन्न भएको छ।

छबिसपाथिभेरा गाउँपालिका वडा ७ बुड्खोरीमा रहेको सेरी निशान जलजला बासुधारा सामुदायिक वन उपभोक्ता समूहले शनिबार लकडाउनको उल्लघंन गरी बैठक डाकेको हो।

सरकारले यस समयमा भेला, सभा सम्मेलन र बैठक जस्ता बढी मानिस जम्मा हुने कार्य नगर्न नगराउन आग्रह गरिरहेका बेला सेरी निशान जलजला बासुधारा सामुदायिक वन उपभोक्ता समूहले ६० जना बढी भेला गराई बैठक गरेको पत्रकार कर्ण धामीले बताए।

कमेन्ट लोड गर्नुस