डोटीमा एक महिलाको शंकास्पद मृत्यु, हत्याको आशंका
डोटी : डोटीमा एक महिलाको शंकास्पद मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका– ८ की ३० वर्षिया राजु दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
शुक्रबार बिहान उनी घाइते अवस्थामा घरमा भेटिएको र उपचारका लागि डडेल्धुरा अस्पतामा लग्दा मुत्यु भएको प्रहरीले जनाएको छ। मृतक राजुको टाउकामा चोट लागेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कर्ण बोहराले बताए। यद्यपी पोष्टमार्टम रिपोर्ट भने आएको छैन।
घटनापछि राजुका श्रीमान कृष्ण दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।