कैलालीमा बुवाको मृत्यु, कोरियामा किरिया बसे छोरा
धनगढी स् कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १० सिउडी कटानका मोहन जैगडी १५ बर्षदेखि बिरामी थिए। पछिल्लो केही सातायता उनको स्वास्थ्यमा समस्या बढ्दै गएको थियो। उनका एक मात्रै छोरा भने स्वदेशमै रोजगारी नपाएपछि घर परिवार पाल्नकै लागि कोरियामा थिए।
बुवाको स्वास्थ्य अवस्था बिग्रीदै गएको खवर पाएपनि त्यहाँबाट नेपाल आउन उनका लागि सम्भव नै थिएन्। बिहिवार विहान मोहनको ७० बर्षको उमेरमा मृत्यु भयो। बुवाको कैलालीमा मृत्यु भएपछि अहिले भोज भने परदेश ९कोरिया० मै किरिया बसेका छन्। कैलालीस्थित गोदावरी नगरपालिकाको घरमा पनि मोहनका भतिजाले किरिया गरिरहेका छन्।