लायन्स क्लब धनगढी हेल्थ एण्ड मेडिको कैलालीको अध्यक्षमा तिर्थ पन्त
धनगढी : लायन्स क्लब धनगढी हेल्थ एण्ड मेडिको कैलालीको अध्यक्षमा तिर्थ पन्त चयन भएका छन्। लायन्स बर्ष २०२०÷२०२१ को लागि धनगढीका युवा व्यवसायी पन्त अध्यक्षमा छानिएका हुन्। लायन्स क्लब धनगढी हेल्थ एण्ड मेडिकोको धनगढीकोमा भएको एक कार्यक्रमबा बीच पन्तलाई अध्यक्षमा चयन गरिएको हो। एक बर्षे कार्यकालमा लायन्स क्लब धनगढी हेल्थ एण्ड मेडिको कैलालीलाई नयाँ उचाईमा पुराउँदै सामाजिक कार्यहरु गर्ने नवनिर्वाचित अध्यक्ष पन्तले बताए।
पन्त निसर्ग अस्पतालका अध्यक्ष हुने। त्यसैगरी दुरसञ्चार र हार्डवेयर क्षेत्रको व्यवसायमा पनि उनको लामो समयदेखि संग्लनता रहदै आएको छ। यस्तै लायन्स क्लब धनगढी हेल्थ एण्ड मेडिको कैलालीको वरिष्ठ उपाध्यक्षमा भिष्मराज ओझा अब्बु, सचिवमा युवराज जोशी र कोषाध्यक्षमा शुभाष भण्डारी छानिएका छन्।