सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्ञानेन्द्र शाहीको काम देख्न नसक्ने सरकार

२०७७ वैशाख १०, ०७:१०

करन साउँद 
कैलाली, गौरीगंगाः
देश संकटमा परेका बेला बचाउने ठुलो शक्ति युवा हो। देशको विकासदेखि देश मजबुद बनाउने पनि युवा नै हो। तर मेरो सरकार युवालाई हतकडी लगाउँदैछ। प्रहरी लगाएर थुन्न लगाउदैछ। युवाको अपमान गर्दैछ। जुन भोकै भएका जनताका लागि सेवामा छन्, खाद्य सामाग्री घर–घरमा पुर्याउँदैछन्।

सरकार तिमीले सोचेका छौ होला ज्ञानेन्द्र शाही र हेमराज थापालाई समातेर बहादुरी देखायौ। खाना नपाएकालाई राहत बाड्दै गर्दा ज्ञानेन्द्र शाही र हेमराज थापा नागरिकका लागि हिरो भएका छन्। तिमीले गर्न नसकेको काम उनीहरुले गरेका छन्। 

तिमीभन्दा उनीहरुको आश नागरिकलाई बढी लाग्न थालेको छ। जनतालाई राम्रोसँग जानकारी छ। उनीहरुले गलत काम गरेकाले प्रहरीले नियन्त्रणमा लिएको हैन्। सरकार तिमीले गर्ने काम उनीहरुले गरेकाले नियन्त्रणमा लिइएको हो?  उनीहरुले गरेको काम तिमीले सहन नसक्दा नियन्त्रणमा लिइएको हो। तिम्रा राजनीतिमा प्रश्न उठ्ने देखिएकाले प्रहरीले समातेको हो। 

तर प्रहरीको हर्कतका कारण उनीहरु प्रतिको नागरिकको आशा झन बढेको छ। नगरिकको आक्रोश तिमीप्रति झन बढेको  छ। जनतालाई राम्रोसँग जानकारी छ। ठुलै अपराध गरेर उनीलाई प्रहरले नियन्त्रणमा लिएको हैन्। 
बरु सरकारले गर्ने काम गरेकाले हो। नागरिकको घाउमा मलम लगाएकाले हो। सरकार उनीहरुका लागि तिमी नै इतिहास निर्माण गर्दैछौ। उनीहरुलाई काम गर्ने शक्ति प्रदान गर्दैछौ। नागरिकको असल मित्र बनाउँदैछौ। नागरिकका लागि सहि कामगर्दा पनि तिमी देख्न सक्दैनौ। तिम्रा आखाँ जाँच गर्नुपर्ने देखियो। तिलगंगा आँखा अस्पताल जाउँ। 

मेरो सरकार,  मेरो प्रधानमन्त्री ज्यू,  तिम्रो मिर्गौला फेरियो। आखाँ देख्न छोडेको भए त्यो पनि फेर। नागरिको घाउमा मलमपट्टी गर्नेलाई देख्न नसक्ने। राम्रो कामगर्ने युवालाई अपराधी देख्ने।  सरकार राहत तिम्रा कार्यकर्ता पनि बाँडदैछन्। उनीहरुले तिम्रा मापदण्ड मानेकै छन् ? एकपटक बिचार गर्नुहोस।  उनीहरुलाई महामारीको यो समयमा पनि राजनीति गर्नुछ। जनतालाई झुक्याउनु छ। बिरोधगर्ने गरिब नागरिकलाई दबाउनु छ। धम्काउनु छ, डराउनु छ। 
सरकार तिम्रो ध्यान नागरिकको पीडामा छैन्। नागरिकले बुझेका छन्। हामी युवाले बुझेका छौ। तिम्रा गतिविधि जनताले हेरिरहेको छ। कोरोना भाइरसको यो महामारीका बेला पनि तिमिलाई राजनीति गर्न हतारो छ। कोरोनाबिरुद्द लड्नुको सट्टा तिमीलाई पार्टी फुटाउने अध्यादेश ल्याउन हतारो छ।

सरकार तिमीलाई हेक्का होस कोरोनाले पार्टी भन्दैन्। दल भन्दैन्। प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री केही भन्दैन्। रोगले लिंगको आधारमा पनि विभेद गर्दैन्। पार्टीहरु सबैलाई मिलाएर कोरोना विरुद्दको लडाइमा सरकार लाग्नुपर्ने हो। तर तिमीलाई कसैलाई पर्छानु छ। कार्यकर्ता पाल्नु छ। प्रधानमन्त्री ज्यू तिम्रा जन्मदिनमा केक बोक्ने हेलिकोप्टरले बिरामी देखेनन् ?  पूर्वबाट पश्चिम नेपाल हिड्दै आएकी गभवती देखेनन् ?

सरकार तिमीले  नागरिकका लागि बसको सेवा दिन सकेनौ। बस्न बास दिन सकेनौ। एक छाक खान गाँस दिन सकेनौ। सरकार तिमीलाई किन मान्ने युवाले ? राष्ट्रपतिका लागि विमानस्थल जान प्रयोग गरिएका हेलिकोप्टर खै ? नागरिकको कोरोना परिक्षण सकिएको छैन्। कोरोना परिक्षणका लागि उपकरणको अभाव छ। खै हेलिकोप्टर प्रयोग भएका ?

भारतीय सीमा क्षेत्रमा तिम्रा नागरिक छन्। उनीहरुको अवस्थाका बारेमा जानकारी छ ? उनीहरुलाई लाग्दो हो र ? हाम्रो पनि सरकार छ। मजदुरको गुनासो सुन्ने प्रधानमन्त्री छन्। मन्त्री छन्, सांसद छन्, नेता छन्,  पार्टी छन् र प्रसाशन छ। तर्सथ मलाई लाग्दैन्, उनीहरुमा अब तिमी प्रतिको विश्वास छ। आशा छ, भरोसा छ। तिमीले मजदुरको विश्वास गुमाएका छौ। विद्यार्थीको विश्वास गुमाएका छौ। युवाको विश्वास गुमाएका छौ। मेरो सरकार ! 

जनतालाई राहत वितरण गरेकै नाममा तिमिले ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेका छौ। हेमराज थापालाई धम्की दिएका छौ। उनीहरु पनि तिम्रा नागरिक हुन्। उनीहरुको काम पनि तिम्रा नागरिकका लागि हो। तर खै तिमीले बुझेको ? उनीहरु प्रतिको तिम्रो हर्कतले मलाई पीडा भएको छ। म जस्तै युवाहरुको मन दुखेको छ। नागरिकका पीडा देख्ने र देखाउने रवि समातिए। उनलाई फसाउन खोजियो। सरकार तिमी इज्जत जोगाउन सक्दैनौ भने अन्तराष्ट्रिय बेइज्जत पनि नगर।  

तिमीले भोकै रहेका जनतालाई राहत वितरण गर्नुपर्ने हो। काम बन्द भएपछि अलपत्र परेका मजदुरलाई घर पठाउनु पर्ने हो। उनीहरुको स्वास्थ्य परीक्षण गर्नु पर्ने हो। विश्व संकटमा परेको यो समयमा युवा परिचालन गर्नुपर्ने हो।
तर तिमीले त्यो गर्न सकेनौ। युवाको सदुपयोग गर्न सकेनौ। तिमीले युवाको सम्मान गरेको भए, ज्ञानेन्द्र र हेमराजले राहत वितरण गर्नुपर्ने थिएन्। रविले अस्पताल निर्माण गर्नुपर्ने थिएन्। धुर्मुश–सुन्तलीले रंगशाला निर्माण गर्नुपर्ने थिएन्। महाबिर पुनले वैज्ञानिक प्रयोगशाला स्थापना गर्नुपर्ने थिएन्। 

तिमीले गर्दैनौ मेरो सरकार। तर युवाले गरेको कामको पनि मुल्याँकन गर। युवाले गरेको कामको सम्मान गर। अझै समय बाँकी छ। तिम्रा बिरुद्द सबै युवा एक भए के हुन्छ ? युवाको क्षमता दवाउने प्रयास नगर। यस्तो महामारीको समयमा पनि देश र जनताका लागि काम गर्न सक्दैनौ भने मेरो सरकार देश भक्त युवा एक हुनेछन्। उनीहरुले देश चलाउँछन्। तिमी जस्ता भ्रष्ट्राचारीको बास जेलमा हुने छ। तिमीले जेलको सुविधा बढाए हुन्छ। 
 

कमेन्ट लोड गर्नुस