अमेरिकामा बस्ने नेपालीको चासो लिने सरकारले भारतमा रुँदै गरेका नेपाली देखेन !
करन साउँद
कोरोना भाइरस(कोभिड १९) ले गर्दा आज विश्व नै डर त्रास र लासम्य बनेको छ। कोरोना कै कारण अमेरिका जस्तो शक्तिशाली देशलेपनि एक दिनमा १ हजार नागरिक गुमाउनु परेको छ। इटाली, स्पेन, चीन जस्ता स्वास्थ क्षेत्रमा निकै सार्वाधिक नाम कमाउन सफल राष्ट्रले पनि कोरोनालाई रोकथाम गर्न सकेको छैन।
विश्वका ठुला ठुला राष्ट्रलेहरुले पनि कोरोना भाइरसबाट ठुलो मानविय क्षति बेहोर्नु परेको छ भने उत्तिकै चिन्तित बन्नु परेको छ। हरेक राष्ट्रले आफुहरुले कोरोनाको भ्याक्सिन लगायत कोरोना नियन्त्रणका उपचारहरु पत्ता लगाएको दावी गरेपनि तर आजसम्म यसको मुख्य औषधि भने पत्ता लगाउन सकेका छैनन्।
चिनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसले यस्तो विश्वब्यापी रुप धारणा गर्छ भन्ने शायद हामी कसैले कल्पना पनि गरेका थिएनौं होला। ३ देखि ४ महिनाको अन्तरालमा विश्वका १५० भन्दाबढी राष्ट्रमा फैलिएको कोरोना भाइरसले आज दुनियालाई निकै ठुलो संकट स्थितिमा उभ्याई दिएको छ।
कोरोना कै कारण विदेशका हरेक राष्ट्रमा रहेका नेपालीहरुले पनि ठुलो समस्या झेल्नु परेको देखिन्छ। स्वदेशमा बेरोजगारी हुदा आवतजावतमा सहज सजिलो हुने तथा छिमेकी मित्र राष्ट्र भएकै कारण विश्वका हरेक देशमा छरिएका भन्दा भारतमा बस्ने नेपालीहरुको संख्या चौगुना बढी देखिन्छ।
४० देखि ७० लाखसम्म भारतमा रहेका नेपालीहरु यतिखेर ठुलो समस्यामा देखिन्छन्। मार्च महिनादेखि भारतमा कोरेना संक्रमित देखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले २२ मार्च २०२० देखि ३१ मार्चसम्मका लागि पुरै भारत बन्दको घोषणा गरेका थिए भने फेरि बढाएर २१ दिन अथवा १४ अप्रिल सम्मका लागि पुरै भारत बन्द गराएका थिए। भारत बन्द पछि होटेल महल अफिस कम्पनी लगायतका अन्य ठाँउमा काम गर्ने नेपालीहरु कामबाट निस्कनु परेको थियो।
केही होटेल मालिकहरुले खान र बस्नको लागि व्यवस्था गरेपनि कयौले भने हिसाब दिँदै स्वदेश जान आग्रह गरेका थिए। भारतले भारत बन्द गरेलगत्तै नेपाल सरकारले पनि पुरै नेपाल बन्दको घोषणा गरेको थियो भने भारतबाट घर जान हिडेका लाखौ नेपालीहरु बिच बाटो तथा सिमाना लगायत भारतका हरेक ठाँउमा अलपत्र परेका थिए।
भारत बन्द गर्दा स्वदेश फर्कन नपाएपछि अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई भारतमा रहेका केही संघसंस्था संगठनले सहयोग गरेपनि भारतमा रहेका नेपालीहरुका हरेक समस्या समाधानका लागि स्थापना भएको नेपाली राजदुतावासले कुनै वास्ता नगरेको गुनासो भारतमा अलपत्र नेपालीहरुले पोखेका छन्।
महाराष्ट्रको बदलापुर, ब्याङलोर, अंधेरी, मुम्बई, दिल्ली, पंजाब लगायत भारतका धेरै ठाँउमा हजारौंको संख्यामा नेपालीहरु अलपत्र परेका छन्। राजदुतावासले जारी गरेका सम्पर्क नम्बरमा सम्पर्क नै नहुने फोन लागेपनि नउठ्ने र उठिहाले पनि दुई शब्द बोलेर राखिदिने जस्ता कामहरु दूतावासबाट भएका भन्दै पीडितहरुले दुखेसो व्यक्त गरेका छन्।
अमेरिका, स्पेन, चीन लगायत युरोपमा रहेका नेपालीहरुप्रती नेपाल सरकारको ध्यानाकर्षण भएपनि भारतमा अलपत्र रहेका नेपालीहरुका लागि भने कुनै पहल चालिएको देखिदैन। न दूतावासले नै केही व्यवस्था गर्न सकेको छ न नेपाल सरकारले नै भन्दै समस्यामा परेका नेपालीहरुले निकै गुनासो पोख्ने गरेका छन्।
सामाजिक संजाल तथा विभिन्न मिडियाद्वारा भारतका विभिन्न ठाँउमा अलपत्र नेपालीहरु बारे बाहिर आएपनि सम्बन्धित निकायसम्म पुग्न नसकेको र पुगेर पनि नपुगे जस्तो गरिएको देखिन्छ। अमेरिकामा बस्ने नेपालीहरुको बारेमा बुझ्ने महामाहिम राष्ट्रपति ज्यूले भारतमा बस्ने अलपत्र नेपालीबारे किन बुझ्न सकेन आखिर सौतेनी व्यवहार किन ?
महामहिम ज्यू ! राष्ट्रपति ज्यू आफ्नो देश फर्किन पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार होकि होईन यदि हो भने भारतका हरेक ठाँउ र सिमानामा अलपत्र परेका र घर जान नपाएका नेपालीहरुलाई किन उद्वार गर्न सकिएको छैन।
तसर्थ नेपाल सरकार नेपाली दूतावासले भारतमा अलपत्र नेपालीहरुको अवस्था लाई मध्यनजर गर्दै आफ्नो दायित्व पूरा गरियोस धन्यवाद।
(लेखक साउँद कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ वासी हुन। हाल उनी रोजगारीको शिलसिलामा भारतको मुम्बईमा छन्।)