सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हावाहुरीले रुख ढल्दा महिलाको मृत्यु

२०७७ वैशाख १०, ०१:२९

सुख्खड : कैलालीमा हावाहुरीले ढलेरको रुखको हाङ्गाले लागेर महिलाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ मा मंगलबार साझ घर नजिकै रहेको आधा काटेको रुख आफै ढल्दा हाङ्गाले लागेर ४५ वर्षीया तुल्सी दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले आधा काटेको रुख हावाहुरीले ढल्न लागेको थाहा पाएर भाग्न खोज्दा टाउकोमा हाङ्गा लागेर घटना स्थलमै मृत्यु भएको बताए। रुखले घरको पाली पनि भत्काएको प्रहरीले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस