६९ किलोग्राम यार्सागुम्बा निकासी
दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाबाट बुधबार सम्म ६९ दशमलव ५९ किलोग्राम याार्सगुम्बा निकासी भएको छ। जिल्लाबाट यस वर्ष ८ सय २० किलोग्राम यार्सागुम्बा निकासी गर्ने कार्य योजना स्वीकृत भएको छ। कार्यालयले हालसम्म यार्सागुम्बा निकासीबाफत १७ लाख ३९ हजार ७ सय ५० रुपैयाँ राजस्व संकलन गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत पेम्बा शेर्पाले जानकारी दिए। संरक्षण क्षेत्रले प्रतिकिलोग्राम २५ हजार रुपैयाँका दरले राजस्व संकलन गर्ने गरेको छ।