सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिका बस्ने बाजुराकी सिँहद्वारा स्वास्थ्यकर्मीलाई सर्जिकल मास्क सहयोग

२०७७ वैशाख ८, ०५:०० खबर संवाददाता

बाजुरा: बाजुरामा अधिकांश हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीले मास्क समेत नपाएको समाचार प्रकाशितपछि अमेरिका बस्ने नर्सले सर्जिकल मास्क सहयोग गरेकी छन्। 

बाजुराको बुढिगंगा– १ कुडी घर भई हाल अमेरीकामा नर्सिङ्ग पेशामा कार्यरत भाग्यश्वरी सिंहले स्वास्थ्यकर्मीलाई १८ सय सर्जिकल मास्क सहयोग गरकी हुन्। उनले चेकजाँचमा खटिने स्वास्थ्यकर्मीलाई भन्दै ४० हजार बराबरको १८ सय सर्जिकल मास्क सहयोग गरेकी हुन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्यनरत विद्यार्थी धनेन्द्र शाहीको समन्वयमा अमेरिकाबाट भाग्यश्वरी सिंहले मास्क सहयोग गरेकी हुन। सिँहले पठाएको मास्क बाजुरा समाचारदाता प्रकाश सिंहको समन्वयमा स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरिएको छ।

उनले  बुढिनन्दा नगरपालिकामा ४ सय, स्वामिकार्तिक खापर गाँउपालिका ३ सय, जगन्नाथ गाँपालिकामा ३ सय हिमाली गाँउपालिका ३ सय मास्क हस्तान्तरण गरेका छन्। त्यस्तै त्रिवेणी नगरपालिकामा ३ सय र बुढिगंगा १ मा रहेको स्वास्थ्य केन्द्रलाई २ सय मास्क हस्तान्तरण गरेका छन्।

यसबारे भाग्यश्वरी सिंह भन्छिन, ‘म अमेरिकामा भपनि आफ्नो जिल्लाका स्वास्थ्यकर्मीले  जोखिममा काम गरिरहेको समाचार सुनेपछि सहयोग गरेको हुँ।’ 

 

कमेन्ट लोड गर्नुस