कोरोना संक्रमित थपिदै गए सेती अस्पतालमा उपचार गर्न समस्या हुन सक्छ
– डाक्टर नीराजनदत्त शर्मा पौडेल
अहिले कोरोना भाईरसको परीक्षणमा प्रयोग गरिएको र्यापिड टेष्ट संक्रमण भए÷नभएको शत प्रतिशत निश्चित गर्ने किट होईन्। कोरोना मात्र नभएर विश्वभर अरु विभिन्न रोगहरुको लागि र्यापिड टेष्ट किट प्रयोग हुन्छ। अन्य रोगहरुको लागि पनि किटहरु बनाएको हुन्छ। पृष्ठभूमी हेर्ने हो भने, र्यापिड टेष्ट भनेको सुलभ हिसाबमा छिटोछरितो हेर्न प्रयोग गरिने जाँच हो।
शरिरको प्रतिरोधात्मक क्षमता जाँच्दै रोग छ की छैन् भन्नेमा प्रयोग गरिदै आएको यो किटमाथि विगतदेखि नै प्रश्न उठ्दै आएको हो। र्यापिड टेष्ट कुनै पनि रोग पत्ता लगाउन शत प्रतिशत सत्य हुँदैन्। कोरोनाका लागि मात्र भन्न खोजेको होईन्। सबैभन्दा राम्रो भनेको हरेक रोगको लागि कसैमा पीसीआर, कसैमा ब्लड कल्चर जस्ता अरु परीक्षणलाई हामी गोल्ड स्टयान्डर भन्छौँ।
र्यापिड टेष्टले हामीलाई रोग भएको वा नभएको, शंका गर्नलाई धेरै मद्दत पुर्याउँछ। हाम्रो जस्तो देशमा जहाँ सञ्चार सम्पर्क गर्न गाह्रो छ, आवतजावतको समस्या छ। त्यस्तो ठाउँमा गाउँघरमै पुगेर पहिचान गर्न सहयोग पुग्छ। तर र्यापिड टेष्टका आधारमा मात्र कन्र्फमेसन गर्नु हुँदैन्। कोरोना भाईरसको सन्र्दभमा मुख्यतय यसका दुईवटा पाटा छन्। एउटा वीन्डो पिरियड, किटार्णु मानिसको शरिरमा प्रवेश गरेपछि चाडै लक्षण देखिने।
पहिलो हप्तामै र्यापिड टेष्ट र पीसीआर परीक्षण ग¥र्यो भने ४० देखि ४२ प्रतिशत मात्र रोग देखिने सम्भावना हुन्छ। अर्को दोस्रो हप्तातीर गर्नुभयो भने ८० देखि ९० प्रतिशत रोग देखाउँछ। सबै मेसिनहरुको आ–आफ्नो लिमिटेसन हुन्छ। हाम्रो शरिरमा किटार्णु प्रवेश गरिसकेपछि रोगसँग लड्ने इम्यून सिस्टम हुन्छ। सुरुमा त्यसले किटार्णुसँग लड्छ।
जब किटार्णुले त्यसलाई नास गर्छ वा नास नगरेर पनि शरिरमा फैलिएर कुनै तहमा बस्छ। त्यती बेला रोग ब्लडमा, किटमा या पीसीआरमा देखिने हो। त्यस कारण कहिलेकही चाडै परीक्षण गर्दा पनि छुट्न सक्छ। परीक्षणका क्रममा नदेखिन पनि सक्छ। सात दिनमा परीक्षण गर्दा देखिएन भने शंकाको दायरामा भएका मानिस मात्र नभएर समाज, अझ बढि जोखिमयुक्त क्षेत्रका हरेक मानिसलाई एक हप्ता वा १० दिनमा एक चोटी परीक्षण गरेपनि फेरी दुई हप्तामा पुनः परीक्षण गर्न बोलाउनुपर्छ।
एकै पटक गरेर घर जाउ भन्दा पनि त्यो उत्तम हुन्छ। फरक–फरक समयमा दुई पटक नमूना संकलन गरी परीक्षण गर्दा राम्रो हुन्छ। संसारमा कुनै पनि कुरा शत प्रतिशत हुँदैन्। यदी हामीले पूर्ण रुपमा कोरोना नियन्त्रण गर्ने हो भने साउथ कोरियाको मोडलमा जानुपर्ने हुन्छ। साउथ कोरियाले लकडाउन पनि गरेन, कोरोनामाथि पनि विजय हासिल गरेर बसेको छ।
यातायात, भुपरीवेष्ठीत, लगायतका हिसाबले नेपाली जनता धेरै ठाउँमा छरिएर बसेका छन्। भारतबाटै आएका दाजुभाई दिदीबहिनीहरु पनि धेरै जनाको सम्पर्कमा गएका होलान्। त्यसको यकिन डाटा त छैन् हामीसँग। चीनमा कोरोना देखिएको दुई महिना पछि नेपाल सरकारले एक्सन सुरु गरेको हो।
त्यती बेला नै लकडाउन गर्न सकेको भए बाहिरबाट आउने मानिसको तथ्याङ्क पनि हुन्थ्यो होला। उनीहरुको निगरानी गर्न सकिन्थ्यो होला। यसअघि त्रुटी भईसक्यो त्यतातीर नजाऔँ। अब फेरी यस्तो नहोस् भन्नका लागि हामीले समुदाय स्तरमा जसरी भिटामिन ‘ए’ को कार्यक्रम गछौँ, हात्तीपाईले रोगको औषधी खुवाउन सक्छौँ।
त्यसरी नै एउटा समुदायलाई राखेर हरेक महिनाको एक वा दुई पटक नमूना संकलन गर्न नसक्ने अवस्था छैन्। लकडाउनको बेलामा समस्या देखिए पनि कति जना अस्पताल आउन सक्ने अवस्था छ ? छैन् नी। अटो छैन्, बस छैन्, मानिसको आवागमन छैन्। यस्तो बेलामा सानो–सानो मोवाईल टोलीहरु बनाएर समुदाय स्तरमै पुगेर नमूना परीक्षणलाई तिव्रता दिनुपर्छ।
जस्तो पछिल्लो पटक लम्कीचुहा नगरपालिकामा कोरोनाका संक्रमित भेटिएका छन्। अब पूरै नगरपालिकालाई नै लकडाउन गरी अर्को एक हप्ता सम्म त्यहाँका सबै घरका मानिसको नमूना लिएर परीक्षण गर्न सक्छौँ। लक्षण देखियो भनेर अस्पताल आउने हैन्।
यसको लागि मोवाईल टोली हुनु जरुरी छ। अहिले स्कुलका बसहरु खाली छन्। कलेज बन्द छन्। अरु सरकारी निकायका यातायातका साधन सबै बन्द छन्। कर्मचारीहरु पनि खाली छन्। ती गाडी प्रयोग गर्न सक्र्छौँ। लकडाउन भनेको हाम्रो देशको मात्र समस्या होईन् पूरै विश्वको समस्या हो।
कोरोनाका संक्रमित थपिए सेती अस्पतालमा उपचार गर्न नसक्ने अवस्था आउँछ
अहिलेको अवस्थामा सेती अस्पतालमा २०÷२२ जना कोरोना संक्रमित विरामीलाई उपचार गर्न सकिन्छ। आईसोलेसनमा भर्ना भएका विरामीहरु अहिले सम्म समान्य अवस्थाका छन्।
यदी भोली अवस्था बिग्रिदै गयो, विरामीलाई भेन्टिलेटर र आईसियुमा राख्नुपर्ने भयो भने पनि पाँच शैयाको आईसियुका लागि प्रक्रिया थालिसकिएको छ। केही दिनमा तयार पनि होला। तर जुन पछिल्लो समय संक्रमितको संख्या बृद्धि हुदै गएको छ।
यसले अवस्था बिग्रिदै जाने संकेत गर्छ। यदी संक्रमितको संख्या बृद्धि हुदै गयो भने सेतीमा ठाउँको अभाव हुनसक्छ। उपचार गर्न मात्र हैन् विरामीलाई राख्न गाह्रो हुन सक्छ। भोली हरेक दुईतीन दिनमा नयाँ थपिदै गयो भने त्यही अनुसार बस्ने ठाउँ चाहियो, जनशक्ति आवश्यक पर्छ। गाह्रो पर्न सक्छ।
शर्मा सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर हुन्। उनी अहिले कोरोना संक्रमितको उपचारमा पनि संलग्न छन्।