कर्तव्य ज्यान मुद्दाका २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
दाङः दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी ६० वर्षीय श्यामबहादुर झाँक्री पक्राउ परेका छन्।
रोल्पा जिल्ला अदालतको २०७० वैशाख ३१ गतेको फैसलाले २० वर्ष कैद सजाय तोकेपछि फरार रहेका रोल्पा कोटगाउँ–६ घर भई हाल दाङको भौवा बस्दै आएका झाँक्रीलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका झाँक्रीलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गढवामा बुझाइएको प्रहरीले जनाएको छ।