कैलालीकी कोरोना संक्रमित महिलालाई भेटेका ५४ जनालाई क्वारेन्टाईनमा राखियो
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिलामा कोरोनाको संक्रमण पुष्टि भएसंगै उनलाई भेटेका ५४ जनालाई क्वारेन्टाईनमा राखिएको छ। उनीसंगै आएका २६ र क्वारेन्टाईनबाट घर पुगेपछि उनलाई भेटेका थप २८ गरी ५४ जनालाई क्वारेन्टाईनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
उनीहरु सबैलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको उनले दिनेश खवरलाई जानकारी दिए। उनका अनुसार ति महिलासंगै विरगञ्जबाट २६ जना कैलाली आएका थिए।
‘लम्कीचुहा नगरपालिका वडा नम्वर १ का १७ जना, वडा नम्वर ८ का चार जना र बर्दगोरी गाउँपालिका वडा नम्वर १ का ५ जना संक्रमित महिलासंगै आएका थिए,’ प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘उनीहरु सबैलाई फेरी क्वारेन्टाईनमा ल्याईएको छ। संक्रमितको सम्पर्कमा रहेका अन्यको समेत खोजी भर्ईरहेको छ।’
उनका अनुसार कैलाली पुगेका २६ जना मध्ये २२ जना संक्रमितका आफन्त थिए। परीवारका सदस्य मात्रै चार जना थिए। विरगञ्जबाट ३४ जना आएका थिए भने त्यस्मा सुर्खेतका ५ तथा अर्घाखाँची, दाङ र दैलेखका १÷१ जना पनि आएका थिए। कैलालीमा थप संक्रमित भेटिएसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ५ पुगिसकेको छ।