नेपाल आमालाई पत्र
स्नेही
प्यारी नेपाल आमा, भगवान भन्दापनि आदरणीय तिम्रो चरणमा बेदना भरीको साष्टांग दण्डवत् प्रणाम छ।
आँखाभरी आँसु छातीमाथि ढुङ्गा राखी खाडी मुलुकको मरुभूमिबाट सञ्चो बिसन्चो त के सोधौँ १०औं महीनासम्म पेटमा बोकी १५/२० वर्षसम्म आफू नखाई नलगाई हुर्काएर विछोडिएका व्यथा र बेदना तपाईले नै महसुस गरेको होला।
पत्र कोर्ने मितिसम्म तिम्रो आशीर्वाद र माया ममताले हजारौ समुद्रपारी जे जस्तो भएपनि बाँचेकै जानकारी गराउन चाहन्छु। प्रिय आमा मातृ मुभीको प्यारो मायासँग बिछोडिएर खाडी मुलुक हरुको ४०/५० डिग्री तापक्रममा पसीना बगाएर गैटी बेल्चा चलाउन र विदेशीहरूको घरमा रातदिन चौकीदारी र भाँडा माझ्नु मलाई रहर पो कहाँ हो र। दिनभरि बुवाले दस नङग्रा खियाएर मुस्किलले बेलुका छाक टार्न भ्याउने परिवार मा पनि कहिले देश परिवर्तन गर्छु भन्ने क्रान्तिकारी त कहिले देशः विकास गर्छु भन्ने भ्रष्टाचारी हरु ले देश लुटेर झनै दयनीय परिस्थिति बनाइदिएको थियो।
कति दुख कष्ट लेखाएर ल्याएछौ आमा सहनै नसक्ने पिडाका घाउहरु रुदा रुदै आशुपनि सकिए होलान् दिन रात रुदै होलीउ अतितबाट लिएर आजसम्मका पिडाहरू सम्झेर। कहिले राणाशासनको बन्धनमा बाधियाै कहिले प्रजातन्त्र ल्याउनमा छोराहरु गुमायौ कहिले बहुदल ल्याउनमा गुमायौ त कति छोराहरु पञ्चायत फाल्नमा गुमायौ भने हजारौं हजार नेपाली छोराहरूको माओवादी क्रान्तिले रगतको खोला बगायो तिम्रै अगाडी।
आफ्ना सपुत छोराहरूको रगतको खोला बग्दा छटपटिएर रुँदा कराउँदा पनि सम्हाल्ने कोही आएन। आउनपनि को नै आउँथ्यो र ? छिमेकीहरु त यस्तै चाहन्छन् नेपाल आमा छट्पटिएको र आफ्नै दाजुभाईहरु आपसमा काटमार गरिरहेका।
तर मेरो देशका क्रान्ति गर्छु भन्नेहरु रक्सी र मासुभातका भोकाहरुलाई के थाहा कि त्यसलेगर्दा नेपाललाई कुन मोडमा पुर्याउँछ भनेर यी यस्ता छिमेकीहरु मिलेर तिमीलाई हजारौंपटक क्रान्तीको आगोमा बालेर देशलाई सर्वनाशको बाटोमा पुर्याएर तिम्रा छोराहरुलाई गासबास र कपासको लागि खाडी मुलुक र विदेशिन बाध्य बनायो। विदेशीको चलखेलमा लागेर क्रान्ति गर्छु भन्नेहरुले सोझासिधा गरिब जनताहरुलाई युद्धमा होमिन बाध्य बनायो।
आपसआपसमा लडाएर कैयौं दिदीबहिनीको सिउँदो पुछियो कैयौंका बालबालिकाहरु टुहुरा भए कयौ निर्दोष जनताहरु मरे देशलाई कैयौं वर्ष पछाडि धकेलेर छिमेकी मुलुकहरू षड्यन्त्रमा सफल हुँदाखेरी तिम्रो मन कति रोयो होला।
त्यो क्रान्ति थिएन आमा त्यो त बिदेशिको षडयन्त्र मात्र थियो। तिनीहरूले गर्दा आज हामी आमाको न्यानो काखबाट बिदेशिनु बाध्य हुनुपरेको छ।
प्रिय आमा छोराले जे–जस्तै गरोस् तिमीले त फेरिपनि माफ गरिदिनुहुन्छ विपरित काम गरेपनि उत्तिकै माया लाउनुहुन्छ तर हामीहरुले हजारौ जन्म लिएपनि त्यसको कहिल्यैपनि ऋण तिर्न सक्दैनाै। आमा तिमीले जन्माएका छोराहरु संसारका विभिन्न देशहरुमा धनी र करोडपति छन् धेरै ठूल्ठुला महलहरूमा बस्छन् तर आमा नेपाल को सिमाना भित्र को गौरब र नेपाली माटोमा जस्तो स्वतन्त्रता कहिँ पनि पाइएन। अहिले संसार महामारीले तहसनहस भएको छ। हामी नजिकैबाट कैयौं पिडितको लाशहरु गुज्रिरहेका देखिरहेका छौं।
यस्तो अवस्थामा हामी एकदमै चिन्तीत छौं र तिमी पनी मेरो छोरालाई पनि केही हुन्छ कि भनेर रातदिन चिन्ताले छट्पटाइ राखेकी हुनुपर्छ। विश्वका सबै देशहरूले आफ्नाआफ्ना अलपत्र परेका जनतालाई स्वदेश फर्काइसक्यो, कयौं फर्काउने क्रममा छन्। तर तिम्रा ४०/५० लाख कलिला युवाहरुलाई कोले हेर्छ र?
धन्य हाम्रो देशका शासक, धन्य हाम्रो देशका क्रान्तिकारीहरु, धन्य हाम्रो देशका नेताहरु यस्तो आपत् विपत्को समयमा पनि भ्रष्टाचार गर्न र चोरी गर्नबाट पछिहटेका छैनन्। आमा म आफ्नो देश आएर पनि के गरौं जुन देशको लागि केहि गर्न सकिएन त्यो देशमा आएर म अरू बढी ऋणी हुन चाहन्न।
क्रोसिन र सिटामोल जस्तो साधारण ट्याबलेटहरु नभएको मेरो देशमा कोरोना जस्तो महामारी ल्याएर मेरी आमालाई संक्रमित गर्न चाहन्न। म बिदेशको गल्लीमा कोरोना लागेर मरेपनि मेरो देश कोरोनाको महामारीबाट बाँचिरहोस् भनी पशुपतिनाथसँग प्रार्थना गर्दै आउँदै गरेको नयाँ बर्ष २०७७ सालको शुभकामनाका साथै विदा हुन्छु धन्यवाद।
बमबहादुर चन्द
बैतडी मेलौली, रोकटा
हाल भारत