सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विदेशबाट ६ सय ४१ जना भित्रिए, सबै होम क्वारेन्टाइनमा

२०७६ चैत्र २९, ०३:४१ कमल सावद

धनगढी : धनगढी उपमहानगरपालिकाले भारत तथा तेस्रो मुलुकबाट आएकाहरुको तथ्यांक संकलनको काम सम्पन्न गरेको छ। धनगढीमा बाह्य देशबाट आएका ६ सय ४१ जनाको तथ्यांक संकलन गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।  जसमध्ये पाँच सय ७० पुरुष र ७१ जना महिला रहेका छन्। 

धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुड्भरीका अनुसार उपमहानगपालिकाको वडा नम्बर १ मा २९ जना, वडा नम्बर २ मा १५ जना, वडा नम्बर ३ मा ६ जना, वडा नम्बर ४ मा १० जना, वडा नम्बर ५ मा १ जना बाहिरी देश बाट आएका छन्।

त्यस्तै वडा नम्बर  ६ मा १८, वडा नम्बर  ७ मा २०, वडा नम्बर  ८ मा २, वडा नम्बर  ९ मा ३६, वडा नम्बर  १० मा ४, वडा नम्बर  ११ मा १९, वडा नम्बर  १२ मा ५० जना भित्रिएका छन्। यस्तै वडा नम्बर  १३ मा २६, वडा नम्बर  १४ मा दुई सय, वडा नम्बर  १५ मा ७, वडा नम्बर  १६ मा ४१, वडा नम्बर  १७ मा ५१, वडा नम्बर  १८ मा ३१ र वडा नम्बर १९ मा ६४ जना भारत तथा तेस्रो मुलुकबाट आएका छन्। 

यी सबै होम क्वारेन्टाइनमा रहेको प्रवक्ता मुडभरीले बताए।

उपमहानगरपालिकाको क्वारेन्टाइनमा भारतीय
धनगढी उपमहानगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा केवल भारतीय नागरिक मात्रै बसेका छन्। त्रिनगर माविमा स्थापना गरिएको क्वारेन्टाइनमा ४२ जना भारतीय रहेको प्रवक्ता मुडभरीले बताए।

यसअघि २४ जनालाई उद्योग वाणिज्य संघकोे क्वारेन्टाइनमा राखिएको थियो। तर कोरोनाको कुनै लक्षण नदेखिएकाले उनीहरुलाई घर पठाइएको उपमहानगरपालिकाले जनाएको छ।  

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस