गौरीफन्टामा खटिएका दुई सय २० सुरक्षाकर्मीको कोरोना परीक्षण, सबैका रिपोर्ट नेगेटिभ
धनगढी: १० र ११ गते कैलालीको गौरीफन्टाको भीड नियन्त्रणमा खटिएका दुई सय २० जना सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको छ। एक सय ५ जना नेपाल प्रहरी र एक सय १५ जना सशस्त्र प्रहरीको कोरोनाको ¥यापिड टेष्ट गरिएको हो। त्यस्मा जिल्ला प्रशासन कार्यालय कैलालीका कर्मचारी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका पाँच जनाको पनि ¥यापिड टेष्ट गरिएको हो।
सशस्त्र प्रहरी बल नम्वर ३४ गण हेडक्वाटर कैलालीका प्रहरी उपरिक्षक कमल तिउसिनाले १० र ११ गते गौरीफन्टाको भीड नियन्त्रणमा खटिएका एक सय १५ जनाको परीक्षण गरिएको बताउँदै सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। ‘दुई दिनमा हजार बढिको भीड नियन्त्रणमा सशस्त्र प्रहरी खटिएको थियो। सोही भीडमा रहेका लम्कीका एक युवकमा कोरोनाको संक्रमण देखिएपछि परीक्षण गरिएको हो। सबैको रिपोर्ट नेगेटिभ आएको छ।’ उनले भने।
यस्तै एक सय नेपाल प्रहरीको पनि परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार १० र ११ गते गौरीफन्टामा खटिएका र तिनीहरुको सम्पर्कमा रहेका प्रहरी कर्मचारीको कोरोना परीक्षण गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक सुदिप गिरी, प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेत लगायत अन्य प्रहरी अधिकारी र विभिन्न दर्जाका प्रहरीको ¥यापिड टेष्ट गरिएको थियो।