सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा घर–घरमा दीपावली (फोटो फिचर)

२०७६ चैत्र २३, ०८:५० खबर संवाददाता

धनगढीमा नगरबासीले घर–घरमा दीप प्रज्वलन गरी दीपावली गरेका छन्। आजको दिन चन्द्रमा सिह राशिमा प्रवेश गरेको अवसरमा सबैले घरघरमा दीप प्रज्वलन गरेका हुन्।

 

पशुपती क्षेत्र विकासले आजको दिन सबैभन्दा पवित्र रहेको र चन्द्रमा सिह राशिमा प्रवेश गरी अन्धकार विलिन भएर जाने भएकाले दीप प्रज्वलन गर्न आग्रह गरेअनुसार धनगढीमा पनि स्थानीयले दीपावली गरेका हुन्।

 

आज साझ ७ बजेर ७ मिनेटदेखि ९ बजेर ९ मिनेट सम्म दीयो बालेमा पवित्रताका साथै सुख, शान्ति र समृद्धि ल्याउने विश्वास गरिएको छ। कोरोना भाईरसको महामारीमा विश्व नै प्रभावित भएका बेला घर तथा दैलोमा बालिएको दीयोले अन्धकारलाई हटाउने विश्वास गरिएको छ।

 

कमेन्ट लोड गर्नुस