सुदूर नेपाललाई विश्वसँग जोड्दै

न गाँस, न कपास : बर्षभरी नै पालमुनिको बास

२०७५ असार १७, ०६:२७

न छोरा छोरी न आफन्त एकल महिला त्रिपालको छानो प्लाष्टिकका टुक्राहरु र चाउचाउ विष्कुटका कार्टुनहरुको ढोका । ओड्ने ओछ्याउका लागि पनि त्यही चाउचाउ र विष्कुटका कार्टुनको साहारा लिनु पर्ने बाध्याता । न खानाको ठेगान छ न त बस्नको नै, यस्तै दैनिकी बिताईरहेकी छन्, बझाङको केदारस्यू गाउँपालिका वडा नम्वर ८ झोता बजारकी विष्ना बादीले ।

गाँउ–गाँउमा सिहँदरबार आए तर उनका लागी कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको छ । थलरा गाउँपालिका खोलि माईति घर भएकी बादीका सानै उमेरमा आमा बुबा भगवानको प्यारो भए ।  बुंगल नगरपालिकाको पाउटा बसोबास गर्ने टिका बादीको जिम्मा लगाई दिए आफन्तहरुले । विवाह गरेको केही महिना नवित्दै श्रीमानको पनि निधन भयो । आफन्तले अलच्छिनी भन्दै घर निकाला गरी दिए । माईती घर जाउ भने कोही पनी आफन्त छैनन् । 
विवाह गरेपनी सन्तान भएनन् ।  अहिले यही झोपडी मुनी बसोबास गर्दै आएकी छु उनले विगतको त्यो क्षणलाई सम्झदै आँखा भरी टिल टिल आँसु पार्दै सुनाईनन् । वादीले पराल, चाउचाउ विष्कुटका काटुनहरु र प्वालै प्वाल भएको पाल टाकेर बनाएको झोपडीलाई पक्की घर सम्झदै त्यही भित्र ११ बर्ष देखी जीविका चलाउखै आएकी छन् । 


विहान बेलुकाको छाक टार्न दिन भरी गाँउ गाँउ माग्दै हिड्नु पर्ने अवस्था  छ । एक दुई घरमा चामल माग्न गए घर नजीक पुग्ने वित्तीकै उ फेरी आई हाली अलच्छीनी भन्दै गाँउलेहरुले पनी अहिले एक छाक खाना दिन मान्दैनन् । विष्ना बादी विगत ११ बर्ष यता झोता बजारमा नै बस्दै आएको स्थानीय बासिन्दा अम्मर लुहारले बताए । उनले भने, कहीले काम गरेर एक छाक गुजरा चलाउछीन भने कहीले भोक भोकै बसेकी हुन्छीन् । 

हजारौले फोटा खीचेर लगे केई पाईनन् विष्नाले:-

आफ्नो उद्धारका लागी भन्दै हजारौले आफ्नो फोटा र झोपडीको फोटा खीचेर लगेको समेत विष्नाले बताईन् । तपाई जस्ता धेरै फोटा खीच्ने आए , फोटा खीच्दै मेरा दुखका बारेका सोध पुछ गर्दछन् । अनी जान्छन्  । फोटा खीच्ने एक दिनमा झण्डै ८ जना भन्दा बढी हुन्छन् । सहयोग गर्ने कोही पनी हुदैनन् । मेरो विगतका वितेका दिनहरुलाई सम्झाउने काम धेरैले गरेका छन् ।

त्यही भित्र तपाई पनी पर्नु भयो । तपाईले पनी फोटा खिच्नु भयो सक्नु हुन्छ भने मेरो यो कथा बेथा माथीका ठुला बडालाई सुनाई दिनु र सरकारका मान्छेलाई भनीदीनु । नभए मेरो फोटा पनी नखीच्नु होस् भन्दै आक्रोस पोखिन । अहिले मलाई ५६ बर्ष पुग्न लाग्यो विष्ना बादीले भनिन । काम गर्न नसक्ने अवस्था भए पछी कस्तो हालत होला उनको चिन्ता थियो । 
गर्मीको समयमा त यही झोपडीमा रातहरु विताए । अब बर्खा लाग्यो । प्रत्यक दिन पानी पर्छ एक ठाँउ टाल्यो अर्को ठाँउ बाट पानी आँउछ । अर्को ठाँउ टाल्यो अर्को ठाँउ बाट । खै रात भन्नु छैन र दिन भन्नु छैन ।  ओड्ने र विच्छ्याउनका लागी कपडा पनी छैन । हुनत विगतका बर्षहरुमा यसै गरि दैनिकी विताएकी हु । 
 

कमेन्ट लोड गर्नुस