साहित्यकार उपेन्द्र पागलको निधन
पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको आज ७७ वर्षका उमेरमा निधन भएको छ। एक वर्षदेखि दमरोगबाट पीडित पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७ मा निधन भएको हो।
उहाँ निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध हुनुहुन्थ्यो। उहाँका ११ कृति प्रकाशित छन्। हाल उनले उराँव जातिका बारेमा लेख्दै गरेको डा भीम खतिवडाले जानकारी दिए।
उनको आजै इटहरीस्थित बूढीगङ्गाघाटमा दाहसंस्कार गरियो। उनका पाँच छोरी छन्। रासस