दुबईबाट आएर आइसोलेसनमा बसेका युवकको मृत्यु
२०७६ चैत्र १६, ०३:१४
चैत ६ गते दुबईबाट फर्किएर बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका एक युवाको आइतबार मृत्यु भएको छ।
सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए।
उनको मृत्यु के कारणले भयो भन्ने पुष्टि भएको छैन। अस्पताल आउनासाथ उनको स्वाब निकालेर काठमाडौं पठाइएको थियो। तर रिपोर्ट नआएको जनाइएको छ।
कमेन्ट लोड गर्नुस