सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत सरकारको घोषणा: ८० करोडलाई तीन महिनासम्म निःशुल्क दालचामल दिन्छौ

२०७६ चैत्र १३, ०२:२५ खबर संवाददाता

भारत सरकारले ८० करोड  बासिन्दालाई आगामी तीन महिनासम्म निःशुल्क चामल, गहुँ र दाल दिने भएको छ।

प्रधानमन्त्री गरीब कल्याण योजनाअन्तर्गत भारतका ८० करोडलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने घोषणा गरेको हो। पाँच किलो चामल वा गहुँमध्ये एक र एक किलो दाल भारत सरकारले तीन महिनासम्म निशुल्क दिने भएको हो।

त्यस्तै, भारत सरकारले ८ करोड ६९ लाख किसानका लागि अप्रिल पहिलो हप्ता दुई हजार रुपैयाँ दिने घोषणा पनि गरेको छ।

बढ्दो संक्रमणका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले  तीन सातासम्म लकडाउनको घोषणा गरेका छन्।

कमेन्ट लोड गर्नुस