सिचाईको सुविधा नहुदा प्रदेशभरी ६० प्रतिशत खेत बाँझै
प्रदेश नम्वर ७ को सरकारले धुमधामका साथ धान दिवस मनाईरहेका बेला यो प्रदेशमा धान खेती हुने ६० प्रतिशत खेत भने अझै सम्म बाँझै रहेका छन् । प्रदेश ७ को केषि मन्त्रालयका अनुसार प्रदेशमा अहिले सम्म ४० प्रतिशत खेतमा मात्रै रोपाई सकिएको छ। प्रदेश ७ मा झण्डै १८ लाख २ सय हेक्टरमा क्षेत्रफलमा धान खेती हुदै आएको छ। पहाडी ७ जिल्ला सहित तराईका जिल्लामा समेत सुचाईको सुविधा नभएका कारण असार १५ सम्म पनि ६० प्रतिशत खेत बाँझै रहेका हुन्। प्रदेश नम्वर ७ मा ४५ प्रतिशत सिचाई सुविधा रहेको सरकारी दावी भएपनि वास्तवीकतामा भने त्यस्तो नभएको किसानहरुको गुनासो छ।