कैलालीमा बसको ठक्करबाट मोटरसाईकल चालक घाइते
धनगढी: कैलालीमा बसको ठक्करबाट मोटरसाईकल चालक घाइते भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका १० पिपरीयामा पश्चिमबाट पूर्व तर्फ गईरहेको ना ५ ख ५७९३ नम्वरको बसले पूर्वबाट पश्चिम आईरहेको से५प ४८१५ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुासर बर्दगोरीया १ बस्ने ३७ बर्षीय लोकवहदाुर विष्ट घाईते भएका हुन्। उनलाई उपचारका लागि कोहलपुर पठाईएको छ। बस चालक गोदावरी नगरपालिका बस्ने ३७ बर्षीय हरी भट्ट, बस र मोटरसाईकल प्रहरीको नियन्त्रणमा छ।