होलसेल व्यवसायी संघद्धारा गौरीफन्टा नाकामा मास्क वितरण
होलसेल व्यवसायी संघले गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई निःशुल्क मास्क वितरण गरेको छ। होलसेन व्यवसायी संघका अध्यक्ष तिलकचन्द्र खतिवडा लगायतका पदाधिकारीले नाकामै पुगेर यात्रु र सुरक्षाकर्मीलाई एक हजार चार सय ५० मास्क वितरण गरेका हुन्।
यस्तै संघले सेती प्रादेशिक अस्पताललाई पनि चार सय मास्क वितरण गरेको छ भने मानव सेवा आश्रमलाई ५०, दृष्टि फाउण्डेसनलाई ५०, आमाको माया छात्रबासलाई २५ वटा मास्क पनि वितरण गरेको छ।