जिल्ला प्रहरी कार्यालय कैलालीमा हेल्थ डेस्क स्थापना
जिल्ला प्रहरी कार्यालय कैलालीले सेवाग्राहीलाई लक्षित गर्दै हेल्थ डेस्क स्थापना गरेको छ। कार्यालयमा आउने सेवाग्राहीको शरिरको तापक्रम परिक्षणका लागि आजदेखि हेल्थ ठेस्क सञ्चालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
उनले कोरोना(कोभिट–१९) को प्रमुख लक्षणका रुपमा लिईएको उच्च ज्वरोको थर्मोगनबाट चेकजाँच गर्ने काम भईरहेको बताए। यस्तै सेवाग्राहीलाई साबुन पानीले हात धुने व्यवस्था पनि मिलाईएको छ।