धनगढीमा साझा पार्टीद्धारा एक हजार माक्स वितरण
धनगढी- धनगढीमा साझा पार्टीले माक्स वितरण गरेको छ। कोरोना भाइरस (कोभिन–१९) को संक्रमण बाट रोक्न भन्दै माक्स वितरण गरिएको हो।
रिक्सा चालकलाई मात्र पार्टीले एक हजार थान माक्स वितरण गरेको साझा पार्टीका सुदूरपश्चिम प्रदेश सदस्य सिद्धराज पनेरुले बताए। पाँच सय थान पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमाल र पाँच सय थान व्यापारी तथा पार्टीको क्रियाशिल सदस्य पदमराज भट्टले सहयोग गरेका थिए।
भाइरसको संक्रमण बाट बच्न र माक्सको प्रयोग गर्ने बानीको विकास गर्न माक्स वितरण गरिएको पनेरुले बताए।