सुदूर नेपाललाई विश्वसँग जोड्दै

आर्थिक बर्षको दुई साता मात्रै बाँकी रहदा ठुला विकासे आयोजनाहरुको प्रगति निराशाजनक (भिडियो रिर्पोट)

विकासे अड्डाहरुले अझै ढाई अर्व बजेट खर्च गर्न बाँकी 

२०७५ असार १४, १२:२५

कैलालीका राष्ट्रिय गौरवका ठुला आयोजनाको खर्च प्रगति अझैसम्म न्युन रहेको छ । चालु आर्थिक बर्षको लागि आएको २ अरव ४७ करोड २३ लाख रुपैया खर्च भएको छैन । कुल बजेट ६ अर्व ४२ करोड ८३ लाखको ३९ प्रतिशत खर्च नभएको हो । चालु आर्थिक बर्षको अन्तिम महिनाको आधा समय जाँदा समेत खर्च प्रगति न्युन हुनुले यो आर्थिक बर्षमा पनि वजेट फ्रिज जाने संकेत देखिएको छ । ठुला १५ कार्यालयहरुले सञ्चालन गरिरहेका विभिन्न आयोजना मध्ये क्षेत्रीय शहरी विकास आयोजना, क्षेत्रीय आयोजना कार्यान्वयनको खर्च शुन्य प्रायः जस्तै छ । 
 
कार्यान्वयनको सुरुवाती चरणमा रहेको क्षेत्रीय शहरी विकास आयोजना, कार्यान्वयन कार्यालयको खर्च प्रगती सबै आयोजनाको भन्दा न्युन देखीएको हो । कैलालीका सरकारी कार्यालयहरुवाट सञ्चालित आयोजनाहरुको प्रगति न्युन हुनुमा क्षेत्रीय शहरी विकास आयोजनाको २१ करोड ८ लाख रुपैयामा १ करोड २० लाख मात्र खर्च हुनुलाई मुख्य कारण समेत मानिएको छ । सन २०१७ बाट सुरु भएको आयोजनाको अध्ययान, अनुसन्धान भैरहेको अवस्थामा  चालु आर्थिक बर्षमा सुरुवाती चरणका काम सकिएकाले अब प्रगती वढ्ने क्षेत्रीय शहरी विकास आयोजना, क्षेत्रीय आयोजना कार्यान्वयन  ईकाइका प्रमुख रविन्द्र बोहराले वताए । 

प्रदेशको ठुलो आयोजनाको रुपमा रहेको मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजनाको खर्च प्रगती समेत ४६.५२ प्रतिशत देखीएको छ । आयोजनाले ५१ करोड ८१ लाखमा आयोजनाले खर्च गर्न नसक्ने भएपछि २० करोड रुपैया मन्त्रालयले फिर्ता लिएको थियो । बाँकी रहेको रकम समेत खर्च हुनेमा आशंका व्यक्त गर्न थालिएको अवस्थामा आयोजनाका प्रमुख मनिष शाहले भने प्रति अझ वढ्ने वताए । 

ठुला आयोजनाहरुमा रानी–जमरा–कुलेरिया सिंचाइ आयोजनाको खर्च प्रगति पनि न्युन छ । चालु आर्थिक बर्षमा १ अर्ब ९२ करोड १३ लाख ४१ हजार खर्च गर्नु पर्नेमा हालसम्म १ अर्ब १८  करोड ३७ लाख ४९ हजार ४५० रुपैया मात्र खर्च भएको छ । यो पुर्ण बजेटको ६१.६१ प्रतिशत हुन आउछ ।  हुलाकी सडक आयोजना, खुटिया–बि.पि–नगर–गडशेरा दिपायल सडक लगाएतको प्रगति समेत न्युन रहेको कोष तथा लेखा नियन्त्रक मदनराज पाण्डेयले जानकारी दिए ।

बिगतका बर्षहरु झै यो आर्थिक बर्षमा समेत २० प्रतिशत बढी रकम कैलालीबाट र्फिता जाने अनुमान गरिएको छ । प्रत्येक बर्ष झै यो आर्थिक बर्षमा समेत सोही हाराहारीमा बजेट फिर्ज हुने कोष तथा लेखा नियन्त्रक पाण्डेयले वताए ।
    
 

कमेन्ट लोड गर्नुस