सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘विश्वास लागेन एसईई दिन आए’

२०७६ चैत्र ६, १२:२८ कमल सावद

धनगढी- धनगढीको त्रिभुवन माविकी विद्यार्थी अञ्जली राना बुधबार साझ परिक्षाको तयारी गर्दै थिइन्। बिहिबार बिहान ८ बजेबाट सुरु हुने कक्षा १० (एसईई) को परिक्षाका लागि उनले पञ्चोदय माविमा जानु थियो।

उनको मनमा अनेक खालका प्रश्नहरु बुधबार साझ खेल्दै थिए। सोही समयमा विद्यालयमा अध्यापन गर्ने एक शिक्षकको अञ्जलीलाई फोन आयोे। शिक्षकले परिक्षा स्थगित भएको खवर सुनाए। तर उनलाई विश्वास लागेन्। बिहिबार बिहान ७ बजे पञ्चोदय पुगिन्। तर परिक्षा सञ्चालन नभएपछि उनी फर्किन्। उनले भनिन्, ‘आज परिक्षा भएको भए राम्रो हुने थियो। तयारी गरेकी थिए। तर स्थगित भएको रहेछ।’

धनगढीको स्टेपिङ स्कुलका विद्यार्थी सुभम ऐर चाँडै एसईईको परिक्षा सकिएपछि घुम्न जाने सोचमा थिए। तर कोरोना भाईरसको त्रासको कारण देखाउदै सरकारले एसईईको परिक्षा स्थगित गरेपछि उनी निरास भएका छन्। उनी भन्छन, ‘परिक्षाको तयारी पूरा गरेको थिए। परिक्षा केन्द्र जादै थिए। हल्ला सुनिएपछि स्कुल आए। स्थगित भएको रहेछ। तनाब हुने भयो।’

अँग्रेजी बिषयको परिक्षा सुरु हुन १४ घण्टा मात्र बाँकी रहेको बेला परिक्षा स्थगित भएकाले विद्यार्थीलाई पत्यार लागेन्। परिक्षा केन्द्र पुगेका विद्यार्थी पनि अन्यौलमा थिए। बिहिबार बिहान सात बजे उनीहरु परिक्षा केन्द्र पुगेका थिए। बुधबार धेरै विद्यार्थी परिक्षाको अन्तिम तयारीमा व्यस्त थिए। केही विद्यार्थीले सञ्चार माध्यामहरुमा परिक्षा स्थगितको समचार सुनेका थिए। केहिले आफन्तबाट। केहिलाई शिक्षकहरुले पनि जानकारी गराएका थिए। तर उनीहरुलाई विश्वास भने लागने। परिक्षा सुरु हुने समय अगावै परिक्षार्थी विद्यालय तथा परिक्षा केन्द्र पुगेका थिए।

धनगढीको राष्ट्रिय तुलसिराम माध्यामिक विद्यालयका विद्यार्थी रमिता शर्मालाई परिक्षा स्थगितको बारेमा जानकारी थिएन्। साथिहरुसंग उनी बिहान ७ बजे परिक्षा केन्द्र रहेको त्रिनगर माध्यामिक विद्यालय पुगिन्। परिक्षा स्थगितको जानकारी पछि निराश हुदै घर फर्किन्।

शिक्षा विकास समन्वय इकाई कैलालीका अनुसार जिल्लामा १६ हजार चार सय १० जना विद्यार्थीले एसईई दिनेछन्। शिक्षा विकास तथा समन्वय इकाईका कैलालीका अधिकृत प्रताप धामीले भने, ‘परिक्षाको तयारी पूरा भएको समयमा स्थगित भएपछि परिक्षार्थी समस्यामा परेका छन्। अहिले परिक्षा स्थगित मात्र भएको हो। परिक्षा हुन्छ।’

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस