दृष्टि फाउण्डेसनलाई उद्योग वाणिज्य संघ कैलालीका सचिव पनेरुद्धारा सहयोग
धनगढी : धनगढीको दृष्टि फाउण्डेसनको स्कुटरमाथि अज्ञात समूहले आगजनी गरेपछि उद्योग वाणिजय संघ कैलालीका सचिव शिद्धराज पनेरुले सहयोग गरेका छन्। स्कुटरमाथि आगजनी भएपछि नयाँ खरिदका लागि पनेरुले फाउण्डेसनमै पुगेर दुई हजार नगद सहयोग गरेका हुन्।
उनले नयाँ स्कुटर खरिद गर्नको लागि सबैलाई सहयोग गर्न आग्रह समेत गरे। बुधबार राती फाउण्डेसनको से ७ प २१८२ नम्वरको स्कुटरमाथि आगजनी भएको थियो। आगजनी कसले र किन ग¥र्यो भन्ने खुलेको छैन्।