धनगढीमा संघिय सरकारले बनाएका सडक भत्किएपछि मर्मत गरिदै
धनगढीमा संघिय सरकारले निर्माण गरेका सडक भत्किएका सडक मर्मत सम्भारको काम थालिएको छ। संघिय सरकारको सघन सहरी विकास कार्यक्रम अन्तरग तगत असारमा कालोपत्रे गरिएका सडकको भत्किएको खण्डममा निर्माण व्यवसायीले मर्मत गरिरहेका हुन्। केएस जेभीका सञ्चालक सुरेन्द्र पाललले कार्यक्रम अन्तरगत असारमा कालोपत्रे गरिएको धनगढीको भन्सार–चटकपुर–फाप्ला–राजपुर सडकको भत्किएको ठाउँमा मर्मत भईरहेको जानकारी दिए।
यस्तै अन्य सडकका समस्या देखिएको ठाउँमा मर्मतको काम जारी राखिएको पालले बताए। रोयल जेभीले निर्माण गरेको धनगढीको तुलसीचोक भगवती टोल सडक मर्मत गरेको छ। सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाइ धनगढीका प्रमुख परिक्षित कडरियाले निर्माण सम्पन्न भईसकेका सडकको गत मंगलबार स्थलगत अनुगमन गरेका छन्।
रोयल जेभीले मर्मत सम्भार गरेको तुलसीचोक भगवती टोल सडक
कडरियाले अनुगमनका क्रममा केही सडक खण्डमा कालोपत्रे फुटेको पाईएको बताए। तर निर्माण व्यवसायीलाई मर्मत सम्भार गर्न आग्रह गरिएअनुसार काम भईरहेको कडरियाले बताए। केही सडकमा मर्मत सम्भार भईसकेको र केहीमा जारी रहेको उनले बताए।
सघन सहरी विकास कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाइले गत वर्ष धनगढीमा ५० किलोमिटर सडक कालोपत्रे गरेको थियो। ती सडकमा कमसल काम भएका कारण एक वर्ष नपुग्दै भत्एिको आशंका गरिन थालेको छ।
तर निर्माण व्यवसायी र संघिय आयोजना कार्यान्वयन ईकाइले कमसल काम भन्दा पनि जमिनको सतहका कारण केही सडकमा समस्या देखिएको दावी गरेका छन्।