धनगढीको वेष्टर्न विजनेश कलेज खारेज
विदेशी निकायबाट सञ्चालित धनगढीको वेष्टर्न विजनेशसंगै १२ वटा कलेज खारेज गरिएको छ। मंगलवार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले सूचना जारी गर्दै नेपालको नीति र प्रणाली अनुसार वेष्टर्न सहित १२ वटा कलेज खारेज गरिएको हो।
यसअघि ति कलेजलाई तुरुन्तै खारेज गर्न मिल्ने भए पनि न्यायिक दृष्टिकोणले पहिलोपल्ट प्रक्रिया पूरा गर्न १५ दिनको समय दिईएका थियो। तर १५ दिनमा पनि प्रक्रियामा नआएपछि मन्त्रीपरिषद्को निर्णय अनुसार कलेज खारेज गरिएको मन्त्रालयद्वारा जारी गरिएको सूचनामा भनिएको छ।
वेष्टर्न ईन्टरनेशनल विजनेस स्कुल विगतदेखि नै विवादमा छ। कलेजमा कहिले विद्यार्थी त कहिले भाडा नदिएपछि घरवेटीले नै तालाबन्दी गरेका थिए। यसअघि अमेरीकन युनिभर्सीटीबाट मान्यता प्राप्त भएको भन्दै पढाई सुरु गरेपनि त्यस्तो नभेटिएपछि स्कुलकै २ जना विद्यार्थीले स्कुल विरुद्ध प्रहरीमा उजुरी दिएका थिए। अहिले पनि केहि विद्यार्थीहरुले बर्षाै पहिलेदेखि स्कुलबाट शैक्षिक प्रमाणपत्र पाएका छैनन्।