सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार छलेर ल्याइएका लुगाकपडा सहित तीन जना पक्राउ

२०७६ चैत्र ५, ०२:३८ खबर संवाददाता

धनगढी : भन्सार छलीका लुगाकपडा सहित तीन जना पक्राउ परेका छन्। धनगढी क्षेत्रबाट बझाङ केदारस्यु गाउँपालिका वडा नम्वर ७ बस्ने २६ बर्षीय कुशला शाही धामी, जिल्ला दार्चुला मार्मा गाउँपालिका वडा नम्वर ६ बस्ने बर्ष २० का चन्द्रदेव जोशी र बझाङको सुर्मा गाउँपालिका वडा नम्वर ४ बस्ने बर्ष ३९ का टोप बहादुर बोहरालाई पक्राउ गरिएको हो।

उनीहरुको साथबाट ५८ पिस लेहङगा, ३८ सुटपिस, वच्चाको पाईन्ट र सट ७२ पिस, लेडिज सुरुवाल ३६ पिस गरी एक लाख तिस हजार बराबरको लुगा कपडा बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। आवश्यक कारबाहीका लागी त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको उनले दिनेश खवरलाई जानकारी दिए।

कमेन्ट लोड गर्नुस