सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेन्ट लागेर धनगढीका एक युवकको अत्तरियामा मृत्यु

२०७६ चैत्र ४, ०४:०० खबर संवाददाता

धनगढी : कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १ मा चैतनपुर पूल निर्माणका क्रममा करेन्ट लागेर धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का २७ बर्षीय घनश्याम कुँवरको मृत्यु भएको हो। खोलामा विद्युतको तार हुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ। 

आज दिउसो एक बजेर ४० मिनेटमा करेन्ट लागेर घाईते भएका कुँवरलाई उपचारका लागि पदमा अस्पताल अत्तरिया ल्याईएको थियो। अवस्था गम्भिर भएपछि उनलाई उप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले दिनेश खवरलाई जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस