कैलालीमा एक युवती ५ दिनदेखि वेपत्ता
धनगढी : कैलालीमा एक विवाहित युवती ५ दिनदेखि वेपत्ता छिन्। जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्वर ७ बस्ने २६ वर्षिया हिरादेवी चौधरी ५ दिनदेखि वेपत्ता रहेकी हुन्। श्रीमान जितवहादुर चौधरीका अनुसार फागुन २९ गतेका दिन हिरा जोशीपुर बजार गएकी थिईन्।
उनले भने, ‘झण्डै ५१ हजार नगद बोकेर बजार गएकी थिईन्। दिउसो तीन बजे मलाई लैजान आउनुस भन्दै फोन गरिन्। मैले कामका कारण जान सकिन। त्यो दिनदेखि उनी वेपत्ता छिन्।’ उनका अनुसार खोजीका लागि प्रहरीमा निवेदन दिईएको छ।