बाजुरा जिप दुर्घटनामा वडा अध्यक्ष सहित दुईको मृत्यु
बाजुरामा जिप दुर्घटनामा परि एक जना वडा अध्यक्ष सहित २ जनाको मृत्यु भएको छ । जिल्लाको बुढिगंगा नगरपालिकाको बाम्का बजारदेखि त्रिविणी नगरपालिकामा जाँदै गरेको से १ ज ९९९ नम्वरको जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा त्रिबेणि नगरपालिका १ का वडा अध्यक्षका खम्म नेपाली र एकजना महिलाको नाम खुल्न सकेको छैन् । ५ जना घाइते भएका छन भने घाइतेको उपचारको लागि अछाम स्थीत बयलपटा अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।