सुदूर नेपाललाई विश्वसँग जोड्दै

किन आठ पृष्ठ खाली राखेर निकालियो अखबार ?

२०७६ चैत्र १, ०१:५२ खबर संवाददाता

कोरोना भाइरसको सन्त्रास फैलिएपछि अस्ट्रेलियाको उत्तरी ट्वाइलेट पेपरको अभाव भयो। त्यसैले ‘एनटी न्युज’ नामक पत्रिकाले ट्वाइलेट पेपरको अभाव पूर्ति गर्न अघिल्लो बिहीबार आफ्नो प्रकाशन इतिहासमै अनौठो काम गरेको छ।  उसले आठ पृष्ठ अतिरिक्त निकाल्यो र ती सबै पृष्ठ खाली थिए। 

‘ट्वाइलेट पेपरको अभाव भयो ? एनटी न्युज तपाईंहरूको साथमा छ’– उसले अतिरिक्त आठ खाली पृष्ठ प्रकाशन गर्दै भनेको थियो, ‘त्यसैले हामीले आठ पृष्ठ खाली छोडिदिएका छौँ। आपत्कालीन अवस्थामा यी पृष्ठ तपाईंलाई काम लाग्न सक्छन्।’ 

अस्ट्रेलियामा ट्वाइलेट पेपरहरू अत्यधिक किनिन थालेका छन्। धेरै पसल रित्तिसकेका छन्। 

कमेन्ट लोड गर्नुस