कैलाली-५ बाट नितु जोशी काँग्रेसकाे महाधिवेशन प्रतिनिधिमा निर्वाचित
धनगढीः नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट युवा महिला महाधिवेशन प्रतिनिधिमा धनगढीकी २३ वर्षीया नितु जोशी निर्वाचित भएकी छन्।
युवा महिला तर्फ भएको निर्वाचनमा जोशीले २७९ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्। उनकी प्रतिद्वन्द्वी अम्बिका चौधरीले २४६ मत प्राप्त गरिन्।
जोशीले चौधरीलाई ३३ मतले पछि पार्दै महाधिवेशन प्रतिनिधिको यात्रा तय गरेकी हुन्।