सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिका विद्यालय बन्द गर्ने निर्णयबाट पछि हट्यो, चैत ५ भित्र परिक्षा

२०७६ फाल्गुन २४, ०३:३९ खबर संवाददाता

धनगढी: विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस(कोभिड–१९) लाई लिएर फागुन २५ देखि धनगढीका विद्यालय बन्द गर्ने निर्णयबाट उपमहानगरपालिका पछि हटेको छ। कोरोनाबाट जोगिन भन्दै शुक्रबार अनिश्चिकालका लागि विद्यालय बन्द गर्ने निर्णयबाट  उपमहानरपालिका पछि हटेको हो।

संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षा सम्पन्न गर्न परिपत्र गरेको भन्दै सरोकारवालासँगको बैठकपछि विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिएको हो।

उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई यथाशिघ्र परिक्षा सञ्चालन गरी चैत ५ भित्र सम्पन्न गर्न निर्देशन दिएको छ। यसअघि धनगढी उपमहानगरपालिकाले विद्यालयमा विदा दिने भन्दै गरेको निर्णयको आलोचना समेत भएको थियो।

धनगढीका विद्यालय बन्द गर्ने उप-महानगरपालिकाको निर्णय, परीक्षा अनिश्चित

 

 

कमेन्ट लोड गर्नुस