सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीपीडितका लागि एरिस्टो इङ्लिस स्कुलको ३ लाख १ हजार रुपैयाँ सहयोग

२०८३ भदौ १६, ०४:५० खबर संवाददाता

धनगढी: भोटेकोशीमा आएको बाढी पीडितको राहत तथा उद्धारका लागि धनगढीस्थित एरिस्टो इङ्लिस हाइस्कुलले ३ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

विद्यालयले विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालयको तर्फबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको जनाएको छ।

विद्यालयका अनुसार विद्यार्थीहरूबाट स्वेच्छिक रूपमा संकलित ५४ हजार ९ सय २५ रुपैयाँ, शिक्षक तथा कर्मचारीबाट १ लाख २५ हजार रुपैयाँ र विद्यालयको तर्फबाट १ लाख २१ हजार १ सय ८६ रुपैयाँ गरी कुल ३ लाख १ हजार १ सय ११ रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो।

विद्यालयमा कार्यरत कर्मचारीबाट प्रति व्यक्ति पाँच सय रुपैयाँ, आधारभूत तहका हरेक शिक्षकबाट एक हजार, माध्यमिक तहका शिक्षकबाट एक हजार पाँच सय, विद्यालयका पदाधिकारीबाट दुई हजारका दरले रकम संकलन गरिएको विद्यालयले जनाएको छ। यस्तै, विद्यालयका प्रधानाध्यापक प्रवन्ध निर्देशक पाँच/पाँच हजार सहयोग गरेको विद्यालयले जनाएको छ। 

विपद्को यस दुःखद् घडीमा पीडित नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको विद्यालयले जनाएको छ। साथै विद्यालयले देशवासीलाई विपद्का बेला एकजुट भई पीडितको उद्धार तथा राहतमा हातेमालो गर्न आह्वान गरेको छ।

कमेन्ट लोड गर्नुस