सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सासंदका कुरा : ‘कती पूरा कती अधुरा’

२०७६ फाल्गुन १८, ११:१० भुवन भट्ट

धनगढी कहिले धुलोहिलो रहित हुन्छ? विश्व नेपाली साहित्य सम्मेलनमा सहजकर्ता, पत्रकार दिल बहादुर छत्यालको प्रश्न थियो कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य नारदमुनी रानालाई।

जवाफ आयो धुलो हिलो हुनु कुनै नौलो कुरा होईन्। ‘धनगढीका सडकहरु कालोपत्रेको चरणमा छन्। निर्माण अवधीभर धुलो उड्नु कुनै नौलो कुरा होईन्।’ रानाले जवाफमा भनेका थिए। सोही प्रसंगमा उनले धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाउने  बताए।

छत्याल मात्र होईन्, कार्यक्रमका अन्य सहभागीले पनि  धनगढी कहिले सम्म हिलो र धुलो रहित हुन्छ भन्ने प्रश्न रानालाई सोधेका थिए।

तर उनले धनगढी महानगरपालिका अबको विकल्प भन्दै जवाफ दिनबाट पन्छीए। रानासंग मञ्चमा लहरै बसेका थिए, डोटीबाट निर्वाचित नेकपाका प्रतिनिधिसभा सदस्य प्रेम आलेमगर र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सुदूरपश्चिमका संसदीय दलका नेता डाक्टर रणबहादुर रावल पनि।

उनलाई पनि सुदूरपश्चिम प्रदेशको विकासको अवस्था बारे प्रश्न गरिएको थियो। उनले अपेक्षा अनुसार प्रदेशमा विकास हुन नसकेको बताएका छन्। प्रतिनिधिसभा सदस्य नारदमुनी रानालाई सुदूरपश्चिममा दशकौँदेखि चुनावी एजेण्डा बन्दै आएका पश्चिम सेती जलविद्युत परियोजना, पञ्चेश्वर परियोजना र उत्तर–दक्षिणका नाका खोल्ने विषय कतिका पूरा भए भनेर सोधिएको थियो।

उनले तथ्यगत जवाफ दिन नसकेपछि आरोप प्रत्यारोपमै समय खर्चिए। उनले सुदूरपश्चिमबाट विगतमा तीन जना प्रधानमन्त्री भईसेकेका तर कसैबाट सम्भव नभएको विषय आफूले कसरी पूरा गर्न नसक्ने संकेत गरे। तर पहल र प्रक्रिया थाल्न सक्ने आश्वासन दिए।

डोटीका प्रतिनिधिसभा सदस्य आलेमगरले बनाउँदै आएको चुनावी एजेण्डा हुन्, खप्तड केवुलकार योजना, धनगढी–दीपायल दु्रत मार्ग,  बुडर, जोरालय, गड्सेला हुदै दिपायल जोड्ने सडक,  सहजपुर–विपीनगर–बोगटान–दीपायल जोड्ने सडकको कालोपत्रे, धनगढी–खुटिया–दिपायल–बझाङ–चैनपुर हुदै ताक्लाकोट जोड्ने लगायतका योजना अहिले सम्म ओझेलमै किनरु भन्दै सोधिएको थियो।

तर उनी पनि अरुलाई नै देखाएर पन्छीए। सडकको हकमा वातावरणी प्रभाव मूल्याङकन हुन नसक्नु प्रमुख समस्या रहेको बताए। बजेट बिनियोजन भई ठेक्कामा गएपनि समयमै काम सम्पन्न नहुने परिपाटीले आश्वासन पूरा गर्न नसकिएको दावी गरे। उनले केबुलकारको विषयमा भने मनगढन्ते कहानी भएको भन्दै टारिदिए।

केवुलकारको विषय आफ्नो नभएको समेत भन्न भ्याए। उनले भने ‘केबुलकार को विषय अगाडी छैन, भविष्यमा भए भन्न सकिन्न।’ त्यस्तै पञ्चायतकाल  तीन दशक पूर्व बैतडीमा ८५ प्रजातीका स्याउ पाईने अहिले दुर्लभ भएको, सुदूरपश्चिममा हवाई सेवा उडान हुने तर बाजुरा र कैलाली बाहेक कही नभएको , विकासका कुरा उल्टा किन भईरहेको भनी कांग्रेस संसदीय दलका नेता डा।रणबहादुर रावललाई प्रश्न गरिएको थियो।

तर उनले सुदूरपश्चिम पछाडी पर्नुमा दुई तिहाईको सरकार नै प्रमुख भएको आरोप लगाए। रोजगारीको व्यवस्था गर्न नसक्नु प्रमुख कारण भएको उनले जिकिर गरे। अहिले ८० प्रतिशत जनता रोजगारीका लागि विदेशिन बाध्य भएको उनले बताए।

तर प्रमुख प्रतिपक्षी दलले पटक–पटक सचेत तुल्याएपनि सरकार आफ्नै ढिपीमा अगाडी बढ्दा विकास हुन नसकेको उनले बताए। उनले पश्चिम सेति परियोजना अलपत्र परेको बताए। अहिलेको सरकार योजनाबद्ध तरीकाले अगाडी बढ्न नसक्दा विकासले गति लिन नसकेको बताए।

उनले भने,‘ यहि गतिमा सरकार चल्ने हो भने, विगतमा भन्दा पछाडी हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न।’

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस