कैलालीमा छाडा पशुचौपायासँग मोटरसाईकल ठोक्किदा चालक घाईते
कैलालीमा छाडा पशुचौपायासँग मोटरसाईकल ठोक्किदा युवक घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत चिसापानीमा पश्चिमतर्फ आउदै गरेको भे ४ क १९४५ नम्बरको मोटरसाईकले पशुचौपायासँग ठोक्किदा चालक सुर्खेतको विरेन्द्र उप–महानगरपालिका २७ वर्षीय गणेश विक घाईते भएको प्रहरीले जनाएको छ।
घाईते विकको लालरत्न अस्पतालमा उपचार भईरहेको दिनेश खबरलाई जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी निरिक्षक प्रकाश कार्कीले जानकारी दिए।