सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मालिकार्जुन दार्चुला सेवा समितिद्वारा रक्तदान

२०७६ फाल्गुन १०, ०७:०२ खबर संवाददाता

धनगढी : मालिकार्जुन दार्चुला सेवा समिति धनगढीले रक्तदान कार्यक्रम आयोजना गरेको छ।  शनिबार आयाेजित उक्त कार्यक्रममा एक सय २२ जनाले रक्तदान गरेको  मालिकार्जुन सेवा समितिका अध्यक्ष महेन्द्र पन्तले जानकारी दिए।  

सामाजिक सेवा अन्तगरत समितिले प्रथमपटक रक्तदान कार्यक्रमको आयोजना गरेको उनले बताए। रक्तदानले मानविय सेवामा ठूलो योगदान पुगेको पन्तले बताए।

सो रक्तदान कार्यक्रमा दार्चुलाका प्रदेशसभा सदस्य मानबहादुर धामी, विद्यार्थी, कर्मचारी लगायतले रक्तदान गरेका थिए।   

मालिकार्जुन दार्चुला सेवा समितिले पटक–पटक विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस