‘हैतना बचाउ अभियान’ का लागि धनगढीबाट पनि सहयोग
धनगढी : व्लड क्यान्सरबाट पीडित दैलेखकी हैतना बडुवाललाई बचाउन धनगढीबाट पनि सहयोग गरिएको छ। झण्डै डेढ लाख रुपैँया संकलन गरी प्रदान गरिएको हो। धनगढी जेसिजका उपाध्यक्ष तथा नेबिसंघका नेता मनिष कुँवरको अगुवाईमा एक लाख ४८ हजार २ सय ६१ रुपैँया संकलन गरि प्रदान गरिएको हो।
आर्थिक अभाबका कारण कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले बडुवाललाई बचाउनका लागि धनगढीमा आर्थिक संकलन अभियान सुरु गरेको कुँवरले बताए। हाल व्लड क्यान्सर पिडित हैतना बडुवाल त्रिभुवन शिक्षण अस्पताल, काठमाण्डौँमा उपचार भईरहेको छ।