कैलालीका प्रमुख जिल्ला अधिकारीद्धारा धनगढीको कपडा बैँकलाई सहयोग
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले धनगढीको कपडा बैँकलाई कपडा सहयोग गरेका छन्। प्रमुख जिल्ला अधिकारी बोहराले ४२ थान कपडा बैँकलाई सहयोग गरेका हुन्।
शनिबार बिहान बैँकमै पुगेर बोहराले शिवपुरी धाम विकास समितिका सचिव सिद्धराज पनेरु र बैँककी सम्पर्क व्यक्ती ज्ञानु शाहलाई कपडा हस्तान्तरण गरेका हुन्। ‘पुराना तर लगाउन मिल्ने मेरो प्रयोगमा नरहेका कपडा बैँकमा दिएको छु।’ प्रजिअ बोहराले भने।
यसअघि पनि उनले ९२ थान कपडा हस्तान्तरण गरेको थिए। ‘सबैलाई सहयोग गर्न आग्रह गर्दछु। उनले भने। ‘घरमा प्रयोगमा नरहेका कपडाहरु हुन्छन्। त्यो कपडा अरुका लागि प्रयोगमा आउन सक्छन्। बैँकबाट अन्य व्यक्तीले कपडा लिन्छन्। बैँकलाई सहयोग गर्नुहोस।’