कैलालीमा बसको ठक्करबाट २ जना घाईते
कैलालीमा बसको ठक्करबाट दुईजना गम्भीर घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिकाको बडैपुरमा अत्तरियातर्फ आईरहेको ना५ ख ९६ नम्बरको बसले से ६ प ६८२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुईजना घाईते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नारायण विष्टले दिनेश खबरलाई ठक्करबाट मोटरसाईकल चालक डडेल्धुराको परशुरामका २५ वर्षीय खेमराज भट्ट र पछाडी सवार आलीताल गाउँपालिका ८ का २२ वर्षीय डम्बर भट्ट रहेको बताए।
घाईते मध्ये डम्बरको अवस्था गम्भीर रहेको प्रहरी निरिक्षक विष्टले बताए। उनलाई थप उपचार पठाईएको दिनेश खबरलाई बताए। बस र चालकलाई नियन्त्रणमा लिएको छ।