सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीः मध्यरातमा हतियारसहित हिडिरहेका तिन युवक पक्राउ

२०७६ फाल्गुन ३, १०:४९ खबर संवाददाता

धनगढी: प्रहरीले हतियारसहित मध्यरातमा हिडिरहेका तिन जना युवकलाई पक्राउ गरेको छ। गएराती १२ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको बर्दगोरिया गाउँपालिका– ४ मुढा बजारमा हतियारसहित हिडिरहेका उनीहरुलाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा लम्की चुहा नगरपालिका – १० का २१ वर्षीय नारायण चौधरी, १९ वर्षीय दिपक चौधरी र १४ वर्षीय रंजित चौधरी रहेका छन्। गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरुका साथबाट एक थान खुकुरी र तिखो फलामको रड फेला पारेको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए। 

पक्राउ परेका तिनैजनालाई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय सडकपुर बौनियामा राखिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस